Logo

Student Corner

Articles

तिहार
- Aashutosh Basnet - 31005, Gra ... 06 October, 2021

तिहार नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो । यसलाई दियो र फूलको चाड पनि भनिन्छ । तिहार पाँच दिनसम्म मनाइन्छ ।  यसको पहिलो दिन काग तिहार हो । यस दिन कागको पूजा गरिन्छ । तिहारको दोस्रो दिन कुकुर तिहार हो । यस दिन कुकुरको पूजा गरिन्छ । यसको तेस्रो दिन गाई तिहार वा लक्ष्मी पूजा हो । यस दिन घर सफा गर्ने गरिन्छ । गाईलाई लक्ष्मी माता मानेर पनि पूजा गरिन्छ । दियो बत्ती बालिन्छ । धनकी देवी लक्ष्मीमाता धुमधाम पूर्वक मनाइन्छ । चौथो दिन गोरु पूजा हो । यस दिन देउसी खेलिन्छ । तिहारको अन्तिम दिन भाइटिका हो । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई सप्तरङ्गी टीका लगाइदिन्छन् । तिहार मलाई मन पर्ने चाड हो ।


Read More