Logo

Student Corner

मेराे देश नेपाल

Written by: Harshit Agrawal - 32009, Grade II

Posted on: 30 September, 2021

म नेपाली  हुँ । म मेरो देश नेपाललाई धेरै माया गर्छु । नेपाल एशिया महादेशमा पर्छ । नेपालमा धेरै हिमाल, पहाड र तराई छन् । संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि यही मेरो देश नेपालमा छ । यहाँ धेरै जाति, धर्म, भाषा र संस्कृतिका मानिसहरू बस्छन् । यहाँ थरीथरीका मानिसहरू बस्दछन् । हाम्रो राष्ट्रिय भाषा नेपाली हो तर सबै नेपालीहरूले नेपाली बोल्दैनन् मेरो देश मलाई अत्यन्त प्यारो लाग्दछ ।