Logo

Student Corner

Articles

राम्रा बानी
- Raj Manandhar - 31023, Grade ... 01 December, 2021

हामीले राम्रा बानी बसाल्नुपर्छ । हामीले राम्रो बानी लियाैँ भने हामीलाई सबैले माया गर्नुहुन्छ । नराम्रा बानी लियाैँ भने हामी नराम्रो हुन्छाैँ । बिहान उठेर पढ्ने बानी राम्रो हो । हामीले राम्ररी पढ्याैँ भने हामी राम्रो मान्छे बन्न सक्छौँ । हामीमा नराम्राे बानी भयो भने सबैले हामीलाई गाली गर्नुहुन्छ र हामीलाई कसैले मन पराउँदैनन् । हामीले साथीसँग पनि झगडा गर्नुहुँदैन हामीले कसैलाई पनि तर्साउनुहुँदैन । हामीले राम्रा बानीहरू दिनप्रतिदिन सिकिरहनुपर्छ । घरमा आमाबुबाले राम्रा बानी सिकाइरहनु भएको हुन्छ । स्कुलमा शिक्षक शिक्षिकाले पनि हामीलाई सिकाइरहनुभएको हुन्छ । हामीले राम्रा बानीहरू पालना गरेर अगाडि बढ्याैँ भने हामी असल मानिस बन्न सक्छौँ ।
 


Read More
मलाई मन पर्ने जनावर
- Medhansh Rana - 31013, Grade ... 30 November, 2021

मलाई सबै जनावरहरू मनपर्छ तर मलाई विशेष गरेर बाँदर र चितुवा  मन पर्छ । बाँदर एउटा रुखबाट अर्को रुखमा चढ्छ । बाँदरले खानेकुराहरू खोजेर खान्छ । कहिलेकाहीँ बाँदरले फलफूलहरू पनि खोसेर खाइदिन्छ बाँदर सबैभन्दा चलाख जनावर हो । बाँदर समूहमा बस्छ । आजभोलि बाँदरहरू वनमा कम हुँदै गइरहेका छन् । बाँदरहरू घरमा पनि आउने गर्दछन् । चितुवा पनि मलाई मन पर्ने जनावर हो । चितुवा अफ्रिकाको जङ्गलमा पाइन्छ । चितुवा सबैभन्दा छिटो दाैडने जनावर हो । चितुवा कालो र पहेंलो रङको टाटेपाटे हुन्छ । चितुवा मांशाहारी जनावर हो । चितुवालाई अरु जनावरहरूको मासु खान मन पर्छ । हामीले सबै जनावरहरूको रक्षा गर्नुपर्छ ।
 


Read More
तर्साउने केटो
- Joyana Thapa - 31010, Grade I ... 29 November, 2021

तर्साउने केटो पुस्तक जेठ महिनामा मासिक पुस्तकको रूपमा हामीले पढ्याैँ । यस कथाम एकजना केटाे हुन्छन् उनकाे नाम रिङ्कु हुन्छ । रिङ्कुलाई तर्साउन रमाइलो लाग्छ । घरमा पाहुना आएका बेलामा उसले  दिदीलाई तर्साउँछ । दिदीका हातबाट सिसाका कपहरू खसेर फुट्छन् । आमाले रिङ्कुलाई “तर्साउने काम राम्राे हाेइन” भनेर सम्झाउनुहुन्छ तर रिङ्कुले भोलिपल्ट नै स्कुलमा गएर बेन्चमुनि बसेर साथीहरूलाई तर्साउँछ । अब रिङ्कु झन हौसिन थाल्छ । रिङ्कुले आफ्ना कक्षाका  साथीहरूका साथै ठुला कक्षाका दाइ दिदीहरूलाई पनि तर्साउँछ । उसले पुस्तकालयमा सरलाई पनि तर्साउँछ । एक दिन उसले गुरुआमालाई  तर्साउँदा गुरुआमा भर्‍याङबाट लड्नुहुन्छ र अस्पताल लगिन्छ । रिङ्कुले तर्साएको कुरामा पश्चाताप मान्छ । उसलाई तर्साएर मज्जा लाग्दैन अब कसैलाई पनि नतर्साउने बाचा उसले सरसँग गर्छ । कक्षामा ऊ रुन पनि थाल्छ । रिङ्कुले झुटो नबोलेकाे देखेर शिक्षक खुसी हुनुहुन्छ र उसका साथीहरू पनि खुसी हुन्छन् ।
 


Read More