Logo

Student Corner

सुन साथी सुन

Written by: Mauri Shrestha - 31040, Grade III

Posted on: 09 February, 2022

सानो सानो घर मेरो सानाे सानाे छानो

हामी खान्छौँ सधैँ पौरखकाे मानाे

हावा पानी माटो अनि घर राख्छौँ शुद्ध 

मन पनि सफा भए मान्छे बन्छ बुद्ध 

मेरो घरको धुरीबाट देख्छु हिमालचुली 

सफा हिमाल हाँस्दाखेर मन आउँछ खुली

मान्छे पनि सफा बन्नु राम्रो हो गुन

सफा हुन्छु  स्वस्थ सुन साथी  सुन ।