Logo

Student Corner

Articles

तर्साउने केटो
- Shatakshi Pandey - 31029, Gra ... 23 November, 2021

रिङ्कु कक्षा एकमा  पढ्छन् । उनको चुलबुले बानी थियो । उनलाई अरूलाई तर्साउन, सताउन रमाइलो लाग्थ्यो । उनलाई तर्साउन मज्जा लाग्ने भएकाले उनले घरमा पाहुनाहरू आएका बेलामा आफ्नी दिदीलाई तर्साउँछन् र दिदीका हातबाट कपहरू फुट्छन् । आमाले रिङ्कुलाई सम्झाउनुहुन्छ तर रिङ्कु भनेको मान्दैन । स्कुलमा गएर पनि उसले साथीहरूलाई तर्साउँछ । उसले ठुला कक्षाका दाइ र दिदीहरूलाई  पनि तर्साउँछ । मिसलाई पनि भर्‍याङ चढ्दा तर्साएपछि रिङ्कुलाई तर्साएको मज्जा लाग्दैन । उसलाई  नरमाइलो लाग्छ । उसले अब मैले गल्ती गरेँ भनेर पश्चाताप गर्न थाल्छ र कक्षामा सरले पढाइरहनुभएको बेलामा रिङ्कु रुन थाल्छ । रिङ्कुले तर्साउने केटाे म हुँ भनेर आफ्नो गल्ती स्वीकार्छ । रिङ्कुले यसरी आफ्नो गल्ती मानेपछि  अबदेखि  त्यस्तो काम कहिले पनि नगर्ने बाचा गर्छ । उनका सर र साथीहरू सबै  खुसी हुन्छन् ।
 


Read More
राम्रा बानीहरू
- Mehan Rauniyar - 31014, Grade ... 22 November, 2021

 हामीले राम्रा बानी बसाल्नुपर्छ । आमाबुबाले भनेको कुरा मान्नुपर्छ । हामीले आफूभन्दा सानाको ख्याल पनि गर्नुपर्छ । दिनहुँ नुहाउनुपर्छ । सफा लुगा लगाउनुपर्छ । राम्रोसँग पढ्नुपर्छ । जनावरहरूलाई पनि माया गर्नुपर्छ । साथीहरूलाई मद्दत गर्नुपर्छ । हामीले सबैलाई खुसी राख्न सक्नुपर्छ । हामीले आफूलाई र अरूलाई सुरक्षित राख्नुपर्छ । तरकारी र फलफूल खानुपर्छ । राम्ररी कामहरू गर्नुपर्छ । विद्यालयमा गएर राम्ररी पढ्ने, लेख्ने गर्नुपर्छ । अरूलाई राम्रा बानीहरू सिकाउनुपर्छ हामी आफूले राम्रा बानी अपनायाैँ भने हामीले अरूलाई राम्रो ज्ञान दिन सक्छौँ र असल मान्छे बन्न सक्छौँ ।


Read More