Logo

Student Corner

Articles

बाल अधिकार
- Ridika Gurung - 31024, Grade ... 14 December, 2021

बाल अधिकार भन्नाले बालबालिकाले पाउने जन्मसिद्ध अधिकार हो । बालबालिकाले पोषिलो खानेकुरा खान पाउनुपर्छ । मौसमअनुसारको कपडा लागाउन पाउनुपर्छ । शिक्षा पाउनुपर्छ । मनोरञ्जन पनि प्राप्त गर्न पाउनुपर्छ । बालबालिकाले आमा बुबाको माया पनि पाउनुपर्छ । यी सबै कुराहरू बाल अधिकारभित्र पर्दछन् । बालक देशको दोस्रो गहना हो । त्यसैले बालबालिकाहरूलाई  भेदभाव नगरिकन समान किसिमले स्याहारसुसार र सुरक्षा दिनुपर्दछ । भर्खर जन्मेको बालक अबोध हुन्छ । उसलाई कसैको सहाराबाट हुर्कनुपर्छ र उसलाई  कुन उमेरमा के गर्ने ? कुन उमेरमा के चाहिन्छ ? भन्ने कुरा उसका अभिभावक र उसका समाजले जान्नुपर्दछ । कुनै पनि बालबालिकालाई आवश्यक खुसी, सुख, सुविधा, शिक्षा र स्वास्थ्य आदि कुराबाट वञ्चित गरिनुहुँदैन । बालबालिकाहरूले सबै  किसिमका अवसरहरू पाएमा मात्र रचनात्मक कार्य गर्न सक्दछन् । 
 


Read More
हाम्राे काैसीबारी
- Aayaan Rai - 31006, Grade III ... 10 December, 2021

हामीले हाम्रो काैसीमा एउटा सानो बारी बनाएका छौँ । हाम्राे काैसीबारीको हेरचाह हजुरबुबाले गर्नुहुन्छ । म पनि मेरो हजुरबुबालाई यस काममा सहयोग गर्छु । हामी दुईजना मिलेर धेरै ठाउँबाट माटाे खोजेर झोलामा  लिएर आउँछौँ । त्यो माटोलाई राम्रोसँग छानेर गमलामा हाल्छौँ र त्यसमा बिरुवा रोप्छाैँ । हामीले माटोमा मल पनि मिसाउने गर्छौँ । हामीले मल बनाउन एउटा कम्पोस्ट बिन पनि राखेका छौँ । हामीले तरकारीका बोक्रा जस्ता कुहिने कुराहरू यस बिनमा हालेर मल बनाउँछौँ । यी बिरुवाहरूको राम्रोसँग हेरचाह गर्नु पर्दछ । हामीले बेला बेलामा पानी हालिराख्नु पर्दछ । अहिले हाम्रो कौसीमा गोलभेँडा, धनियाँ, काँक्रा, खुर्सानी र साग फलेका छन् । प्याज र लसुन मैले पनि रोपेको थिएँ । रङ्गीबिरङ्गी फूलहरूले हाम्रो कौसीबारी  सुन्दर देखिएको छ । मलाई काैसीबारीमा बस्न रमाइलो लाग्छ ।


Read More