भोक लाग्यो भनी आयो काम गरायो सबै बुद्धिलाई
गर्दियो बुद्धिले सबै काम त्यसैले त भयो घ्याम्पे त्यसको नाम
जति खाए पनि न पुग्ने बुद्धि चाहिँ सोच्दछ
बुद्धि भन्छ काम गरौँ तर घ्याम्पे पेट कुर्सी ताक्दछ ।
हातले दियो खुवाउन गोडा हिड्छ पेटकै साथ
सबैले सहयोग गरि उठाई लग्यो पेटलाई लाग्याे कुर्सीको मात
शक्तिमा आयो कसैको न सुनी बस्यो पेट देखाई आफ्नो जात
अब केही हुन्न भनी हरेस खाइ बसे ब गोडा र हात
बुद्धिले पनि खायॊ धोका शक्ति थियो अब पेटसँग
आफू फुल्दै गयो भए अरु सबै दङ्ग
बुद्धिसँग बोल्न पनि बन्द भएछ गेट
अरुको भाग पनि लुछ्न थाल्यो भएछ हाडी घोप्टे पेट
सहयोग गरे गोडा, हात, र बुद्धिले तर पाए धोक
हाँडीघोप्ट पेट भयो ठुलोभन्दा भयो भट्ने ढोका
पहिला सहयोग गरे अब पछुतो छ सबैलाई
सफलता हातबाट गैसक्यॊभन्दा हुन्छ बाई बाई
कसैलाई नि बढेन आफ्नो समान हाँडीघोप्टेले
अब त सुन्छन बुद्धिको होइन हाँडीघोप्टे पेटको रे
पहिला थियो बुद्धि महान् सुन्थे सबैले उसको
गलत काम हुन थाल्यो रे सुनी हाँडीघोप्टे पेटको
भएन विकाश आश मेटे सके सबैले
हाँडीघोप्टे पेटले सबै खाई सक्यो अब के बाकीँ छ रे
कति खानु खाई खाई भई सक्यो फर्सी
मर्ने बेला भयो तर पनि भनी राख्छ कुर्सी
Two paths embodied the prediction for future
And I was too confused to choose between them
One will make my future acute and other wont
But still stood there for a longer period of time.
One path was all about games and the piled books
I was still confused where to step off my foot
Then, chose the first one in order to enjoy
And thinking it was a better claim
But who knew, what's the next journey for my future
Or the wrong path I chose can even make me suffer?
At first, I started liking my decision
Soon after, I started being fearless and arrogant.
When I realised, it was already too late
Making my parents lose their fate
After long time, I tried to work sharp
But the thinking in my mind isn't making me smart.
So, I again ran to the past
Then chose the second option to work hard
And it seems it was the better claim
So, choosing the right path is the best future key.
In the faithful moments destiny, entwined
I fell for him, a love undefined
Yet he remained oblivious, unaware
Each Passing day my hopes getting higher
His smile so sweet with cheeks round
Each words he speaks, a lovely sound
His voice, a melody, a sweet refrain
In love’s enchantment, I was enchained
His eyes like stars, held a spell
In love’s enchantment, i fell
Yet he never feel the same as I
Hoping one day he’ll see love fly
I’ll wait in shadows, from afar
A silent admire, like a guiding star
मेरो शुभ नाम इशा श्रेष्ठ । डियरवाकमा कसरी पहिलो दिन बित्यो भन्ने बारे केही कुराहरू लेख्न खाेज्दै छु । डियरवाक म अध्ययन गर्ने हाइ स्कुल हेर्दा पुरानो भए तापनि यहाँको सिस्टम भने अरु स्कुलभन्दा छुट्टै छ । यहाँको वातावरण एकदमै शान्त छ जसले बालबालिकाहरूको शिक्षा लिने क्रममा धेरै सहयोग गर्छ । पहिलो दिन भएको कारणले म समयभन्दा अघि नै उठेँ । नुवाइधुवाइ गरे र समयअघि नै तयार भएर बसेँ ।
गाडीको अत्तोपत्तो नभएको हुनाले भाइस प्रिन्सिपल सरद्वारा ड्राइभर दाइको मोबाइल नम्बर लिएँ र फोन लगाएर कति समयमा आफ्नो घर आइपुग्नु हुन्छ भनेर सोधेँ । कार्यहरू चाँडो चाँडो गर्दा पनि म अलि ढिलो हुन पुगेँ र स्कुलको बसले मेरै लागि भनेर दश मिनेटसम्म कुरेर बसेछ। लगभग साढे एक घण्टाको लामो यात्रापछि बल्ल बल्ल स्कुल पुगियो । स्कुलमा मोबाइल फोन लग्न नमिल्ने भएको कारण मैले स्कुलकै काउन्टरमा एउटा कापीमा आफ्नो नाम लेखेर आफ्नो र साथीको पनि फोन दिएँ । म र मेरो साथी दुवै जना भित्र गयौँ र कक्षा थाहा नभएको हुनाले शिक्षकहरूलाई सोधपुछ गरेर आफ्नो कक्षातर्फ लागेँ ।
सुरुको कक्षामा हाम्रो कक्षा शिक्षक धनेश्वर सर आउनुभयो र हामीलाई हाम्रो इमेल आइडी बनाउन, फूड अकाउन्ट बनाउन र इन्टरनेट जोड्ने प्रक्रियाहरू बिस्तारमा सिकाउनुभयो।
यही काम गर्दागर्दै हाम्रो दुई ओटा जति कक्षा बित्यो। हाम्रो कक्षाको नाम पनि थाहा पायाैँ त्यही दिन । कक्षाको नाम चाहि पङबाेचे रहेछ। पहिलो पटक सुनेको हुनाले कस्तो आनौठो लागेको थियो। पहिलो दिनमा हाम्रो कक्षामा लगभग २४ जना जति उपस्थित थिए ।
तालिककाे समयमा बनाएको कृतज्ञ भन्ने र उनकाे छाेउमा बसेको अर्को आगमन भन्ने साथी पनि हाम्रै कक्षामा थिए । कक्षा ११ मा तिन वटा सेक्सन रहेछन् । हामीहरू एक अर्कसँग बोल्याैँ र रमाइलो पनि गर्याैँ । २४ जनामध्ये धेरै जसो केटाहरू थिए र थोरै मात्रामा केटी थिए।
विभिन्न विषयका शिक्षकहरूसँग पनि मजाले भेटघाट गरियो र अलिअलि गरि सबैले आफ्नो परिचय दियौँ ।
पहिलो दिन फूड अकाउन्ट नबनेको हुनाले मलगायत मेरा सबै साथीहरूले कुपन प्रयोग गर्यौ र मिठो, ताजा र स्वच्छ खाजा खायौं । खाजा खाने बेला बिरालो पनि देखियो र बिरालोले मेरो सात्तो पनि लग्यो ।
खाजापछि फेरि गणित, अङ्ग्रेजी र कम्प्युटर विषयको पढाइ भयो। कम्प्युटर बारे धेरै ज्ञान नभएको हुनाले पहिलो दिन पडाइएको खास्सै राम्ररी बुझिनँ र घर आएर पनि त्यही कुराहरूलाई दोहोर्याएर पढेँ।
पहिलो दिन हामीलाई थाहा हुँदैन कि भनेर चाँडै छाेडिदिनुभयो हाम्राे कक्षा शिक्षकले । हामीलाई हाम्रो रुट बताइदिनुभयो र हामी गाडी र्फ लाग्यौं लगभग एक घण्टाभित्र घर आइपुग्यौँ ।
एसईई पछिको तीन महिनापछि आफ्नै स्कुल जस्तै वातावरण फेरि पाउनु, नयाँ साथीहरू बनाउनु, नयाँ शिक्षकहरूसँग हुनु परिचित हुनु र छुट्टै तरिकाले पढ्न पाउँदा एकदमै खुसी महसुस भयो र यसरी नै मेरो डियरवाकमा पहिलो दिन एकदमै शान्त, ज्ञानपूर्ण र रमाइलो गरियो।
डियरवाकमा पहिलो दिन सोचेको भन्दा पनि रमाइलो हुन गयो। केटी साथी मात्र नभई केटाहरू पनि उत्तिकै साथीहरूसँगआफ्नो परिचय दिइयो र उनीहरूको पनि परिचय गरें। डियरवाकमा पहिलो दिन हामीलाई चाहिने सबै कुराहरूको परिचय गराइयो चाहिने आवश्यक कुराहरू कसरी चलाउने त्यसो गरे के हुने भन्ने कुराहरू पनि सिकाउनुभयो।
पहिलो दिनदेखि नै पछिको लागि सजिलो हाेस् भनेर खाजाकाे व्यवस्था गर्नदेखि लिएर कता कुन ल्याब छ ? को शिक्षकले कुन विषय पढाउनुहुन्छ सबै कुरा बेलिबिस्तारसँग बुझाउनुभयो। एउटै विषय ३-४ जनाले पढाउने काम जस्तो नि गरिन्छ भनि भन्नुभयो । यही कुरा हामीले अनुभव पनि गर्याैँ ।
हामीलाई कुन दिन कुन विषयको पढाइ हुन्छ भनेर इमेल पठाइदिनुभयो। हामीले स्कुलमा पालना गर्नुपर्ने नियमहरू पनि बताइदिनु भयो । जस्तै हामीले पातहरू तिप्नु नहुने,अनावश्यक हल्ला गर्न नहुने । हामी विद्यार्थीहरूलाई पहिलो दिन शिक्षकहरूले हृदयदेखि नै स्वागत गर्नुभयो।
हामीले महिनामा दुई ओटा किताब पढ्नुपर्दाे रहेछ भनेर पनि थाहा पायाैँ । विद्यार्थीहरूको नेपाली र अङ्ग्रेजी भाषा राम्राे हाेस् भनेर त्यसाे गरिएकाे कुरा पनि सरहरूले भन्न भएकाे थियाे । डियरवाककाे भाषाप्रति प्रेम साच्चिकै लाेभलाग्दाे रहेछ ।
यो कलेजमा मलाई पहिलो दिन एकदमै आनौठो लागेको थियो किनकि यहाँ पढ्ने सबै तल्लो कक्षाको विद्यार्थीहरू एकदमै राम्रो र आनौठी शैलीमा अङ्ग्रेजी बोल्दै थिए । यस स्कुलका सबै विद्यार्थीहरू एकदमै मिलनसार थिए । मलाई यस्तो वातावरण देखेर एकदमै आनन्द महसुस भयो किनकि यसले भाइबहिनीहरू र दाइदिदीहरूसँगको सम्बन्ध पनि राम्रो बनाउँछ । यहाँ पढ्ने मित्रहरू मात्र नभएर काम गर्ने दाई दिदीहरू पनि एकदमै मिलनसार पाएँ। मैले कहीँ नसुनेको कुरा ११ मै पढेर त्यहीँ काम पनि गर्न पाइन्छ भन्ने कुरा ले मलाई एकदमै चखित बनाइदियो । यस स्कुलले पढाइमा मात्र नभएर ललितकला पनि महत्त्व दिन्छ भनेको सुन्दा मलाई यहाँ पढ्न झनै मन लग्यो ।
गहिराइमा गएर मुल्याङ्कन गर्ने हो भने डियरवाक पढाइका लागि एकदमै उत्कृष्ट स्कुल भनी मैले ठानेँ । डियरवाकमा मेरो पहिलो दिनमा मैले नयाँ कुराहरू बुझ्न पाएकाेमा म गर्व गर्दछु र यो पहिलो दिन सदाको लागि याद रहिरहनेछ ।
विद्यालय जीवनपछिकाे कलेज जीवन विद्यार्थीहरूका लागि रोमाञ्चक र चुनौतीपूर्ण समय हाे । धेरै जिम्मेवारीहरूसँग, सङ्गठित रहन र सबै कुराको व्यवस्थापन गर्न गाह्रो हुने समय हाे त्यसैले पनि याे समयमा याेजनबद्ध काम गर्न जरूरी हुन्छ नै । कलेजमा सङ्गठित रहनको लागि विद्यार्थीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण चीजहरूमध्ये एक अगाडि योजना बनाउनु हो । आफ्नो कक्षा, गृहकार्य, र अध्ययन समयको लागि तालिका बनाउनु जरूरी छ । समय सबैका लागि बराबर हाे ।
कलेजका विद्यार्थीहरूसँग प्रायः अलिक धेरै समय हुन्छ त्यसैले आफ्नो समयलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न महत्त्वपूर्ण छ । तपाईंको सबैभन्दा महत्त्वपूर्ण कार्यहरूलाई प्राथमिकता दिनुहोस् र तिनीहरूलाई साना, व्यवस्थित टुक्राहरूमा विभाजन गर्नुहोस् । निर्धारित मितिहरू, भेटघाटहरू र अन्य महत्त्वपूर्ण घटनाहरूको ट्रयाक राख्न क्यालेन्डर प्रयोग गर्नुहोस् । तालिका बनाइसकेपछि त्यसमा अडिग रहन अत्यावश्यक छ किनकि मानवमा निरन्तरताकाे असाध्यै खाँचाे हुन्छ । खासमा कामकाे निरन्तरता नै सफलता प्राप्तिकाे आधार पनि हाे । आफ्नो जिम्मेवारीहरूलाई प्राथमिकता दिने अनि आफ्ना लक्ष्यहरूसँग मिल्दोजुल्दो नहुने गतिविधिहरूलाई ठाडै अस्वीकार गर्न पनि डराउनु हुँदैन ।
कलेज भनेको कक्षामा उपस्थित हुनु र अध्ययन गर्नु मात्र होइन । यो अतिरिक्त क्रियाकलापमा संलग्न हुनको लागि पनि राम्रो समय हो । तपाइँलाई रुचि राख्ने क्लब वा संस्थामा सामेल हुनु पनि सक्नुहुन्छ, वा तपाइँको समुदायमा स्वयंसेवक बनेर थुप्रै खालमा अनुभवहरू पनि लिन सक्नुहुन्छ । यी गतिविधिहरूले विद्यार्थीलाई सामाजिकीरण हुन सहयाेग पुर्याउँछ ।
स्वस्थ जीवन भए मात्र सबैका स्वस्थ र चुस्त हुन्छन् । यसका लागि पर्याप्त निद्रा, स्वस्थ आहार र नियमित व्यायाम यसमा लागि आवश्यक छ । यसले सबैलाई शारीरिक र मानसिक रूपमा स्वास्थ्य रहन सहयाेग गर्दछ । यदि तपाईंलाई शैक्षणिक वा शारीरिक समस्या परेकाे छ भने सहयाेग लनि कत्ति पनि नहिचकिचाउनुहोस् अनि सहयाेग गर्न पनि कत्ति पनि कन्जुस नगर्नुहाेस् ।
तपाईं व्यवहारले तपाईं कस्ताे भन्ने कुराकाे छनक दिन्छ अतः विनम्र हुन सिक्नुहाेस् जसका कारण प्रोफेसरहरू, सल्लाहकारहरू सल्लाहकारहरू तपाईंलाईप्रति मायाभाव प्रकट गर्दछन् । याे सफलताका अर्काे साेपान पनि हाे । कलेज जीवनका सबै क्षेत्रका मानिसहरूलाई भेट्ने र दिगो सम्बन्ध स्थापना गर्ने बेला पनि हाे त्यसैले याे उत्कृष्ट अवसर हो । आफ्नो अध्ययनको क्षेत्रमा आफ्नो सहपाठी, प्रोफेसर, र पेशेवरहरूसँग समधुर नेटवर्क बनाउन अत्यावश्यक हुन्छ ।
कलेज भनेको सिक्ने, बढ्ने र रमाइलो गर्ने समय भएकाे हुनाले अनुभवको आनन्द लिनको लागि समय लिनुहोस् र जीवनभरका सम्झनाहरू सिर्जना गर्नुहोस् । याद गर्नुहोस् कि कलेज एक यात्रा हो, र यो गल्ती गर्न ठीक छ। सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूबाट सिक्नु र अगाडि बढ्नु हो ।
Introduction
Education that incorporates the art of cultivating moral emotions, physical, psychological and spiritual dimensions of human life is referred to as a holistic education. In fact, it consists of all the dimensions of human life required in a well-cultured society. It is based on the premise that each person is subject to finding their identity, meaning, dignity, and roles in the community where humanity exists at all the dimensions of individual life.
Why Holistic Education?
Holistic education substantially contributes to human civilization. Therefore, it is to be promoted by each stakeholder responsible for providing education to individuals. In addition, to gain the knowledge and skills required in the employees to perform certain duties and responsibilities endorsed to the positions of the organization, their moral, emotional, psychological and spiritual aspects function instrumentally either explicitly or implicitly to enable them to contribute to the society. All of these dimensions are complementary to each other. In the absence of one, others will be impaired. Therefore, they function collaboratively in human beings.
How to Promote it?
Holistic education can be promoted by cultivating the human mind and potentials equipped in the individuals. The primary role of education is to enable human potential to be germinated in order to lead them to the complete enhancement of moral, emotional, physical, psychological and spiritual dimensions. Holistic education can be provided to individuals not through academic curriculum but through different styles that are suitable to particular learners. In short, we can say that holistic education can be promoted through holistic strategies which are learner-centric ones and suitable in different contexts.
Conclusion
Holistic education functions creatively to enhance human potentials that are at the core of human prosperity and dignity. It goes beyond traditional academic learning to nurture a well-rounded individual to be socially, emotionally, physically and mentally sound. It equips students with the skills and qualities they need to have in their individual and professional lives. So, let us promote holistic education for all!
Fine is what I say
My childhood was just fine
Relentless happiness all the time
Cherished memories, all mine.
In a world of wonder, innocence thrived
With laughter, came dreams alive.
Friends always by my side
All I had was a pleasant sight.
As dreams took a flight, I reached the sky,
With courage to do everything but deny.
Life was not always fine, late when I realized
Through challenges, things harmonized.
In this life's grand tapestry, I find my way,
Each moment's a gift, a chance to convey.
Resilient and strong, I've learned to climb,
Beyond 'just fine,' my spirit will chime.
Through hardships and trials, I continued to tread,
In valleys of darkness, where dreams may have fled.
But with each new dawn, the sun's golden line,
I've found strength and purpose, a purpose that's mine.
The years may have passed, but I still believe,
In the power of love, in what we can achieve.
With wisdom and grace, my path intertwines,
My journey is endless, my spirit defines.
So, fine is just the beginning, a starting line,
I'll embrace the unknown, let my spirit entwine.
Life's a beautiful story, and I'll make it sublime,
With love, dreams, and hope, in the fullness of time.
Facing my challenges and conquering my fears,
I vowed to make my life precious and dear.
With each step forward, I strive to shine,
And it won’t be over with just “fine”.
विद्यालय जीवन शैक्षिक र व्यक्तिगत दुवै रूपमा ठूलो सिकाइ र वृद्धिको समय हो । यो नयाँ रुचिहरू अन्वेषण गर्ने, नयाँ सीपहरू विकास गर्ने र जीवनभर मित्रहरू बनाउने समय हो । विद्यालय जीवन पनि आफ्नो बारेमा जान्न र समाजको जिम्मेवार सदस्यको रूपमा विकास गर्ने समय पनि हो ।
त्यहाँ स्कुल जीवनका विभिन्न पक्षहरू छन् जसले समग्र अनुभवमा योगदान दिन्छ । शैक्षिक रूपमा, विद्यार्थीहरूले गणित र विज्ञानदेखि इतिहास र साहित्यसम्मका विषयहरूको विस्तृत श्रृङ्खला सिक्छन् । तिनीहरूले आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू पनि विकास गर्छन् । शिक्षाविद्हरूको अतिरिक्त, विद्यार्थीहरूले खेलकुद, क्लबहरू, र स्वयंसेवक कार्य जस्ता अतिरिक्त क्रियाकलापहरूमा पनि भाग लिन्छन् । यी गतिविधिहरूले विद्यार्थीहरूलाई उनीहरूको प्रतिभा विकास गर्ने, नयाँ सीपहरू सिक्ने र साथीहरू बनाउने अवसरहरू प्रदान गर्दछ ।
विद्यालय जीवन पनि व्यक्तिगत विकासको लागि समय हो। विद्यार्थीहरू आफैं र तिनीहरूको मूल्यहरू बारे जान्दछन् । तिनीहरूले आफ्नै पहिचानको भावना विकास गर्छन् र अरूसँग कसरी सम्मानजनक र उत्पादक तरिकामा अन्तरक्रिया गर्ने सिक्छन् । तिनीहरूले आफ्नो समय र स्रोतहरू कसरी प्रभावकारी रूपमा व्यवस्थापन गर्ने भनेर पनि सिक्छन्।
विद्यालय जीवन सबैको जीवनमा महत्त्वपूर्ण समय हो । यो एक समय हो जुन सिक्ने, बढ्न, र तपाई बन्ने व्यक्तिमा विकास गर्ने । विद्यालयले विद्यार्थीहरूलाई विषयहरूको विस्तृत दायरा सिक्ने र उनीहरूको शैक्षिक सीपहरू विकास गर्ने अवसर प्रदान गर्दछ। यो ज्ञान र सीप भविष्यको शिक्षा र रोजगारीमा सफलताको लागि आवश्यक हुनेछ । विद्यालयले विद्यार्थीहरूलाई उनीहरूको पहिचान र मूल्यहरूको आफ्नै भावना विकास गर्न मद्दत गर्दछ। उनीहरूले अरूसँग कसरी सम्मानजनक र उत्पादक तरिकामा अन्तरक्रिया गर्ने भनेर पनि सिक्छन्। यी जीवन कौशलहरू जीवनका सबै पक्षहरूमा सफलताको लागि आवश्यक छन्। विद्यालयले विद्यार्थीहरूलाई विभिन्न पृष्ठभूमिका अरूहरूसँग मिलन गर्ने अवसर प्रदान गर्दछ । यसले विद्यार्थीहरूलाई उनीहरूको सामाजिक सीपहरू विकास गर्न र विभिन्न संस्कृति र दृष्टिकोणहरू बारे जान्न मद्दत गर्दछ । विद्यालयले विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरू प्रदान गर्दछ, जस्तै खेलकुद, क्लबहरू, र स्वयंसेवक कार्य । यी गतिविधिहरूले विद्यार्थीहरूलाई उनीहरूको प्रतिभा विकास गर्ने र नयाँ सीपहरू सिक्ने अवसरहरू प्रदान गर्दछ ।
समग्रमा, विद्यालय जीवन एक बहुमूल्य अनुभव हो जसले विद्यार्थीहरूलाई भविष्यमा सफल हुन आवश्यक ज्ञान, सीप र जीवन पाठहरू प्रदान गर्दछ ।
कागज हुनु नै पर्ने मानव बाच्नलाई।
चलाउन थाल्यो अब कागजले देशलाई
कागजले गर्दा देख्न पाइयो मानिसको भेषलाई ।
खान, लगाउन, बस्न चहियो त्यही कागज
नभए त हुँदैन रहेछ जीवन सहज ।
घर घरमा हुन्छ झगडा कागजको निउँमा
सम्बन्ध छुट्छ कागजले गर्दा आफ्नैमा ।
गाउँ नि बन्यो सहर नि बन्याे त्यही कागजले
सम्बन्धमा दरार पर्यो त्यही कागजले ।
भुले मानवतालाई पछ्याउदै छन् कागजलाई
जीवन बाच्न चाहिन्छ त्यही कागज रे
नभए त हेप्दा रहेछन् आफ्नैले ।
यही कागजका लागि गर्छन् यी नेता भ्रष्टाचार
गर्न तयार छन् मान्छेहरू कागज पाउन मारामार ।
कागजका लागि बेच्न तयार छन् आफ्नो देश
जान्छन् अर्काको देश कमाउन यो कागज फेरि आफ्नो भेष।
यो संसार लोभी छ गर्दा त्यो कागजले
त्यो कागज बिना जीवन जीवन होइन रे ।
कागज नभए हुँदैन रहेछ केही
कागज नै हुनुपर्दो रहेछ पाउन आफ्नो कोही ।
यो कागज बिना हुँदैन रहेछ आफ्नो कोही
भयो भने त माग्न आउँदा रहेछन् यही।
हुँदैन रहेछ यो बिना जीवन सहज
त्यसैले त भन्छन् यसलाई मूल्यवान कागज ।
…And yet
you are dancing with me
Feeling like I’m in my fantasy
I remember you said you never dance
but you did cause, this was only chance
Living in this moment I felt like dancing forever
Sweet music and rain it’s the perfect weather
Raindrops and laughter has blend as one
all was going well even, our spirits spun
But a moment can’t last that long
like the fading notes of this song
we know it’s the place we belong
enjoying every step, however it’s drawn
At last it all ended
it’s not the thing that we had intended
every single step of ours, I can never forget
still imagining that day … And yet…
Just for a moment wait and think about your life. You are provided with a certain amount of time with no fixed expiration date. An individual who looked healthy one moment ago might be dead and lifeless the next. Many don’t see it coming. Many don’t even get a goodbye. However, some feel its presence, lurking in the shadows. This inevitable, uncertain and unpredictable phenomenon—Death.
I laid amongst the tall grass blades, looking at the night sky, the twinkling of the stars and the way the moon played hide and seek amongst the white-grey clouds. The chilly wind was whistling, goosebumps spread throughout my body. Crickets chirping somewhere. I could see the twinkling of light from fireflies at a distance. It felt peaceful.
I felt its presence before I could see it—Death coming towards my direction. I wondered if I could run away from it. I got up and ran really fast. I wondered if it could catch me. I wondered if I ran towards my mother, hugged her really tight and hid behind her, would it be able to catch me? Would it be able to tear me away from the embrace of my mother? What about my father? Would it be able to free me from the clutches of my strong father? Would I get torn away from my sister’s love? I tried to remember the smiling faces of each member of my family. I couldn't. I realized that the phrase “Life flashes before your eyes at the time of death.” was a rubbish. If my life was my family, why couldn’t I remember their faces filled with laughter and joy at the time of my death?
I felt like screaming, crying, and bellowing because of how unfair it was. How could death come towards me when I am just a mere child? I hadn’t seen the world yet. I hadn’t done anything. I hadn’t left my mark. It felt like God had betrayed me; committed an art of treachery towards me. Nothing came out of my throat though. Not a simple shout, a plea or a prayer. It was of no use. I couldn’t escape death. I was not a God, not a superhuman. I was merely a human.
As it neared me more, I felt like tears would swell up in my eyes, my vision would be blurred. It didn’t happen. I could still see the flames of candles that surrounded my house. I could see the faint movement of my mother as she descended the stairs. I could hear my father talk on the phone. I could see my sister reading a book under the fluorescent light, out by the front porch, waiting for me to get back.
Suddenly, all I wanted was to hear my mother speaking to me, my father asking me how school was, my sister screaming at me for wearing her clothes. Tears did swell up in my eyes this time. I felt it fall down my cheeks yet I made no motion to wipe it away. I knew it was close; closer than ever.
My first words ever since I laid down in the grass left my mouth unknowingly--“I wonder if I will make it to dinner.”
I felt it engulf me. “My sweet child,” it said. “I am afraid not.”
It consumed me. It took me away and finally I could see it. My family—smiling.
पेशलकुमार लुइँटेल साहित्यको संसारमा नौला अनुहार भए तापनि उनको छन्द कविता सङ्ग्रह ‘पोल्टभित्र डिही’ का कविताहरूले मेरा भने मन खाए । सङ्ग्रहमा भएका विभिन्न ८३ वटा कविताहरूको छन्द अलि भिन्न भिन्नै छ । शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, वसन्ततिलका, तोटक, भुजङ्गप्रयात, मालिनी, स्रग्धरा, पञ्चचामर, स्रग्विणी, उपजाति, अनुष्टुप, इन्दिरा, विधाता छन्द, दिक्पाल, र विध्युन्माला गरेर १६ वटा जति विभिन्न छन्दहरूको प्रयोगले संग्रहका कविताहरू रचित छन् । यी सबै छन्दहरू मध्ये शार्दूलविक्रीडित छन्दको प्रयोग ३३ चोटि भएका छन् । सबैभन्दा धेरै कविताहरू पनि यही छन्दमा रचिएका छन् । पेशाले वकिल भए पनि साहित्यको मैदानमा कविको यो खेल निकै राम्रो थियो । सङ्ग्रहका हरेक कविताको आफ्नो आफ्नै छुट्टै कथा छ। कतिले देशप्रेम, प्रकृतिप्रेम झल्काउछन् भने कतिले प्रेम मात्र ।
जस्ताे किः
‘चिसा चुला छन् घरमा बसेका
बेसार वा तेलसंगै फसेका
जिरा जुटाए तर ग्यास रित्तो
गिज्याउने गर्छ सदैव भित्तो’
उपजाति छन्दमा लेखिएको ‘अभाव’ नामक कविता मलाई असाध्यै मन पर्यो । जीवनमा केही कुराको अभाव बिना बच्ने रहर त सबैको हुन्छ तर पुरा भने केहीको मात्र हुने गर्दछ। कतिको त एक छाक टार्न गारो पर्छ। एउटा समान जुटाए अर्को रित्तो हुने यो गोल्चाक्रमा बच्न कसैलाई मन लाग्दैन तर बाध्यताबस यसरी नै कति मानिसको जीवन चल्ने गर्छ । यही कुरा कविले ‘अभाव’ कवितामा लेखेका हुन् ।
शब्दहरूलाई तालबद्ध मात्र गरेर कविता बन्ने हैन रहेछ। भावना युक्त लेखिएमा मात्र कविताको सुवासले अरुलाई पनि मग्न पर्दो रहेछ।
दिक्पाल छन्दमा लेखिएको ‘तिम्रो मुहार’ भन्ने कविता माथिको कविता भन्दा निकै भिन्न छ। यस कवितामा कविले आफ्नो प्रेमीको बारेमा लेखेका छन् । मुहार हेर्ने धोको पुगेन भन्दै लुइँटेलले कविता सुरु गरेका छन् । कविताको तेश्रो हरफ भने मलाई सारै मन पर्यो ।
जस्ताे किः
‘पानीबिना म तिर्खा खै के गरी खपौंला
छाडेर साथ तिम्रो खै के गरी बाचौंला
छोएर भन्छु आत्मा हौ एक मूलडुंगा
हुन्नन् कि हेर कैल्यै गंगा कतै हलुङ्ग्गा।’
सानो उमेरदेखि नै गुरुको सम्मान गर्नुपर्छ भनेर सिक्दै आएका छाैँ हामी। यही गुरु सम्मानको कथालाई नै कविताका रुपमा कविले सङ्ग्रह नै ‘गुरु’ कविता बाट सुरु गरेका छन् । महाभारत, पुराण जस्ता पवित्र हिन्दु किताबहरूमा पनि गुरुको सम्मान गर्नुपर्ने र गुरु शिष्यको अमूल्य सम्बन्ध झल्काइएको छ । आफूलाई शिक्षा दिने मानिसको सम्मान हरेकले गर्नुपर्छ र यही सन्देश लै कविताको स्वरुपमा लेखेर कविले सङ्ग्रहको सुरु गरेका छन् । आफूलाइ पढाएको गुरुको सम्मान गरेर आफ्नो पनि नैतिकता बढ्छ। आफ़ैलै पनि भलो गर्ने अरुको पनि भलो हुने जस्तो पवित्र काम गर्नु राम्रो हो । अर्को हरफमा कवि ले अझै गहिरो स्तरमा गुरु प्रतिको सम्मान व्यक्त गरेका छन् ।
जस्ताे किः
‘आफैँ पुस्तकझैँ बनी भुवनमा द्रिस्टन्त छर्नेहरू
सारा ज्ञान खन्याउँदै मगजमा अज्ञान हर्नेहरू
पाएँ जीवनमा सयौँ सफलता त्यै ज्ञान विज्ञानले
पाई कोकिलकण्ठ शीतल कला बाँचें सदा शानले।’
आफ्ना आमाबुबा नै हाम्रो पहिलो गुरु गुरुआमा हुन् । कविले आमालाई धरतीसँग दाजेका छन् भने पितालाई गगनसँग । दुबैको माया र बलिदानको कदर गर्दै आफ्नो कृतज्ञता ज्ञापन गरेका छन् ।
जस्ताे किः
‘को हो त्यो जसदेखी विश्व रचना भो सभ्यताको सुरु
आमा हुन् धरती पिता गगन हुन् द्रष्टा स्वयं हुन् गुरु
बग्दै छन् कति कल्पकल्प कखरा हुन् मार्गका नर्मदा
सर वक्पति हुन् प्रकाशपथाका ज्योत्स्नाहरू सर्वदा।’
आफ्नो भाग्यमा लेखिएको कुरा कसैले पनि टार्न सक्दैन। भनिन्छ नि , वन गए नि कर्म सँगै, येस्तै नै हुँदोरहेछ भाग्यको खेल । मात्र एक हरफ भएको शार्दूलविक्रीडित छन्दमा लेखिएको ‘पुर्पुरो’ मा यही कुराको चर्चा गरिएको छ। आफ्नो भाग्य आफै लेख्न सकिने भन्ने पनि भनाइ मात्र रहेछ जति आफूले लेख्न खोजे पनि जीवनको चक्र जहिले आफूले चाहेको जसरी घुम्दैन ।
जस्ताे किः
‘आखाँको जलले कपोत जसरी हेर्दै छु चारैतिर
आफ्नै स्वप्निल वस्तु देख्दिनं कतै के खेल यो आखिर ?
गल्ती होइन जाल बुन्दछ सदा झुक्याउँदै माकुरो
खाली कागज लेख्छु मेट्छु तर खै मेटिन्न यो पुर्पुरो।’
यस्तै धेरै कविताहरूले भरिपूर्ण ‘पोल्टाभित्र डिही’ पुस्तक हालै आम पाठकहरू माझ त्यति लोकप्रिय भई नसके पनि मलाई भने यस पुस्तक सबै कविता निकै मन पर्यो । आफ्नै उमेर र आफूभन्दा ठुलाहरूले पढ्न रुचाउने र बुझ्ने खालका कविताहरू भएकाले अरुलाई पनि पढ्न सिफारिस गर्छु । साहित्यको संसारमा नौलो भएकाले होला कति कविताहरूले छन्दको नियम पालना गरे पनि कवितामा केही नपुगेको जस्तो भवना आयो। तर पनि पढ्न रमाइलो भएको र कविताले भन्न खोजेको कुरालाई अलि गहिरोमा बिझ्न खोज्दा रमाइलो भने असाध्यै भयो । दिक्पाल र विधाता छन्द मैले न कहिल्यै सुनेको र न कहिल्यै पढेको छन्दहरू थिए । नया छन्द सिक्दै जाँदा आफैलाई पनि निकै खुसी लग्यो । अन्ततः यो पुस्तक म अरुलाई पनि सिफारिस गर्छु ।