Logo

Student Corner

डियरवाकमा पहिलो दिन

Written by: Isha Shrestha - 25064, Grade XI

Posted on: 06 November, 2023

मेरो शुभ नाम इशा श्रेष्ठ ।  डियरवाकमा कसरी पहिलो दिन बित्यो भन्ने बारे केही कुराहरू लेख्न खाेज्दै छु । डियरवाक म अध्ययन गर्ने हाइ स्कुल हेर्दा पुरानो भए तापनि यहाँको सिस्टम भने अरु स्कुलभन्दा छुट्टै छ । यहाँको वातावरण एकदमै शान्त छ जसले बालबालिकाहरूको शिक्षा लिने क्रममा धेरै सहयोग गर्छ । पहिलो दिन भएको कारणले म समयभन्दा अघि नै उठेँ । नुवाइधुवाइ गरे र समयअघि नै तयार भएर बसेँ ।


 

गाडीको अत्तोपत्तो नभएको हुनाले भाइस प्रिन्सिपल सरद्वारा ड्राइभर दाइको मोबाइल नम्बर लिएँ र फोन लगाएर कति समयमा आफ्नो घर आइपुग्नु हुन्छ भनेर सोधेँ । कार्यहरू चाँडो चाँडो गर्दा पनि म अलि  ढिलो हुन पुगेँ र स्कुलको  बसले मेरै लागि भनेर दश मिनेटसम्म कुरेर बसेछ। लगभग साढे एक घण्टाको लामो यात्रापछि बल्ल बल्ल स्कुल  पुगियो । स्कुलमा  मोबाइल फोन लग्न नमिल्ने भएको कारण मैले स्कुलकै काउन्टरमा एउटा कापीमा आफ्नो नाम लेखेर आफ्नो र साथीको पनि फोन दिएँ । म र मेरो साथी दुवै जना भित्र गयौँ र कक्षा थाहा नभएको हुनाले शिक्षकहरूलाई सोधपुछ गरेर आफ्नो कक्षातर्फ लागेँ । 


 

सुरुको कक्षामा हाम्रो कक्षा शिक्षक धनेश्वर सर आउनुभयो र हामीलाई हाम्रो इमेल आइडी बनाउन, फूड अकाउन्ट बनाउन र इन्टरनेट जोड्ने प्रक्रियाहरू बिस्तारमा सिकाउनुभयो। 

यही काम गर्दागर्दै हाम्रो दुई ओटा जति कक्षा बित्यो। हाम्रो कक्षाको नाम पनि थाहा पायाैँ त्यही दिन । कक्षाको नाम चाहि पङबाेचे रहेछ। पहिलो पटक सुनेको हुनाले कस्तो आनौठो लागेको थियो। पहिलो दिनमा  हाम्रो कक्षामा लगभग २४ जना जति उपस्थित थिए ।  

तालिककाे समयमा बनाएको कृतज्ञ भन्ने र उनकाे छाेउमा बसेको अर्को आगमन भन्ने साथी पनि हाम्रै कक्षामा थिए । कक्षा ११ मा  तिन वटा सेक्सन रहेछन् ।  हामीहरू एक अर्कसँग बोल्याैँ र रमाइलो पनि गर्याैँ ।  २४ जनामध्ये धेरै जसो केटाहरू थिए र थोरै मात्रामा केटी थिए।

विभिन्न विषयका शिक्षकहरूसँग पनि मजाले भेटघाट गरियो र अलिअलि गरि सबैले आफ्नो परिचय दियौँ । 

पहिलो दिन फूड अकाउन्ट नबनेको हुनाले मलगायत मेरा सबै साथीहरूले कुपन प्रयोग गर्यौ र मिठो, ताजा र स्वच्छ खाजा खायौं । खाजा खाने बेला बिरालो पनि देखियो र बिरालोले मेरो सात्तो पनि लग्यो । 

खाजापछि फेरि गणित, अङ्ग्रेजी र कम्प्युटर विषयको पढाइ भयो। कम्प्युटर बारे धेरै ज्ञान नभएको हुनाले पहिलो दिन पडाइएको खास्सै राम्ररी बुझिनँ र घर आएर पनि त्यही कुराहरूलाई दोहोर्याएर पढेँ। 

पहिलो दिन हामीलाई थाहा हुँदैन कि भनेर चाँडै छाेडिदिनुभयो हाम्राे कक्षा शिक्षकले  । हामीलाई हाम्रो रुट बताइदिनुभयो र हामी गाडी र्फ लाग्यौं  लगभग एक घण्टाभित्र घर आइपुग्यौँ ।


 

एसईई पछिको तीन महिनापछि आफ्नै स्कुल जस्तै वातावरण फेरि पाउनु, नयाँ साथीहरू बनाउनु, नयाँ शिक्षकहरूसँग हुनु परिचित हुनु र छुट्टै तरिकाले पढ्न पाउँदा एकदमै खुसी महसुस भयो र यसरी नै मेरो डियरवाकमा पहिलो दिन एकदमै शान्त, ज्ञानपूर्ण र रमाइलो गरियो। 

डियरवाकमा पहिलो दिन सोचेको भन्दा पनि रमाइलो हुन गयो। केटी साथी मात्र नभई केटाहरू पनि उत्तिकै साथीहरूसँगआफ्नो परिचय दिइयो र उनीहरूको पनि परिचय गरें। डियरवाकमा पहिलो दिन हामीलाई  चाहिने सबै कुराहरूको परिचय गराइयो  चाहिने आवश्यक कुराहरू कसरी चलाउने त्यसो गरे के हुने भन्ने कुराहरू पनि सिकाउनुभयो। 


 

पहिलो दिनदेखि नै पछिको लागि सजिलो हाेस् भनेर खाजाकाे व्यवस्था  गर्नदेखि लिएर                     कता कुन ल्याब छ ? को शिक्षकले कुन विषय पढाउनुहुन्छ सबै कुरा बेलिबिस्तारसँग बुझाउनुभयो। एउटै विषय ३-४ जनाले पढाउने काम जस्तो नि गरिन्छ भनि भन्नुभयो । यही कुरा हामीले अनुभव पनि गर्याैँ । 

हामीलाई कुन दिन कुन विषयको पढाइ हुन्छ भनेर इमेल पठाइदिनुभयो। हामीले स्कुलमा पालना गर्नुपर्ने नियमहरू पनि बताइदिनु भयो । जस्तै हामीले पातहरू तिप्नु नहुने,अनावश्यक हल्ला गर्न नहुने । हामी विद्यार्थीहरूलाई पहिलो दिन शिक्षकहरूले हृदयदेखि नै स्वागत गर्नुभयो।

हामीले महिनामा दुई ओटा किताब पढ्नुपर्दाे रहेछ भनेर पनि थाहा पायाैँ । विद्यार्थीहरूको नेपाली र अङ्ग्रेजी भाषा राम्राे हाेस् भनेर त्यसाे गरिएकाे कुरा पनि सरहरूले भन्न भएकाे थियाे । डियरवाककाे भाषाप्रति प्रेम साच्चिकै लाेभलाग्दाे रहेछ ।  

यो कलेजमा मलाई पहिलो दिन एकदमै आनौठो लागेको थियो किनकि यहाँ पढ्ने सबै तल्लो कक्षाको विद्यार्थीहरू एकदमै राम्रो र आनौठी शैलीमा अङ्ग्रेजी बोल्दै थिए । यस  स्कुलका  सबै  विद्यार्थीहरू एकदमै मिलनसार थिए । मलाई यस्तो वातावरण देखेर एकदमै आनन्द महसुस भयो किनकि यसले भाइबहिनीहरू र दाइदिदीहरूसँगको सम्बन्ध पनि राम्रो बनाउँछ । यहाँ पढ्ने मित्रहरू मात्र नभएर काम गर्ने दाई दिदीहरू पनि एकदमै मिलनसार पाएँ। मैले कहीँ नसुनेको कुरा ११ मै पढेर त्यहीँ काम पनि गर्न पाइन्छ भन्ने कुरा ले मलाई एकदमै चखित बनाइदियो । यस स्कुलले पढाइमा मात्र नभएर ललितकला पनि महत्त्व दिन्छ भनेको सुन्दा मलाई यहाँ पढ्न झनै मन लग्यो ।


 

गहिराइमा गएर मुल्याङ्कन गर्ने हो भने डियरवाक पढाइका लागि एकदमै उत्कृष्ट स्कुल भनी मैले ठानेँ । डियरवाकमा मेरो पहिलो दिनमा मैले नयाँ कुराहरू बुझ्न पाएकाेमा म गर्व गर्दछु र यो पहिलो दिन सदाको लागि याद रहिरहनेछ ।