Logo

Student Corner

हाँडीघोप्टे पेट

Written by: Anukul Chapagain - 24078, Grade XII

Posted on: 07 November, 2023

भोक लाग्यो भनी आयो काम गरायो सबै बुद्धिलाई

गर्दियो बुद्धिले सबै काम त्यसैले त भयो घ्याम्पे त्यसको नाम 

जति खाए पनि न पुग्ने बुद्धि चाहिँ सोच्दछ  

बुद्धि भन्छ काम गरौँ तर घ्याम्पे पेट कुर्सी ताक्दछ ।


 

हातले दियो खुवाउन गोडा हिड्छ पेटकै साथ 

सबैले सहयोग गरि उठाई लग्यो पेटलाई लाग्याे कुर्सीको मात 

शक्तिमा आयो कसैको न सुनी बस्यो पेट देखाई आफ्नो जात 

अब केही हुन्न भनी हरेस खाइ बसे ब गोडा र हात


 

बुद्धिले पनि खायॊ धोका शक्ति थियो अब पेटसँग 

आफू फुल्दै गयो भए अरु सबै दङ्ग 

बुद्धिसँग बोल्न पनि बन्द भएछ गेट 

अरुको भाग पनि लुछ्न थाल्यो भएछ हाडी घोप्टे पेट 


 

सहयोग गरे गोडा, हात, र बुद्धिले तर पाए धोक 

हाँडीघोप्ट पेट भयो ठुलोभन्दा भयो भट्ने ढोका 

पहिला सहयोग गरे अब पछुतो छ सबैलाई 

सफलता हातबाट गैसक्यॊभन्दा हुन्छ बाई बाई 


 

कसैलाई नि बढेन आफ्नो समान हाँडीघोप्टेले 

अब त सुन्छन बुद्धिको होइन हाँडीघोप्टे पेटको रे 

पहिला थियो बुद्धि महान् सुन्थे सबैले उसको 

गलत काम हुन थाल्यो रे सुनी हाँडीघोप्टे पेटको 


 

भएन विकाश आश मेटे सके सबैले 

हाँडीघोप्टे पेटले सबै खाई सक्यो अब के बाकीँ छ रे 

कति खानु खाई खाई भई सक्यो फर्सी 

मर्ने बेला भयो तर पनि भनी राख्छ कुर्सी