Logo

Student Corner

मूल्यवान् कागज

Written by: Anuj Puri - 24065, Grade XII

Posted on: 01 November, 2023

कागज हुनु नै पर्ने मानव बाच्नलाई। 

चलाउन थाल्यो अब कागजले देशलाई

कागजले गर्दा देख्न पाइयो मानिसको भेषलाई ।  


 

खान, लगाउन, बस्न चहियो त्यही कागज 

नभए त हुँदैन रहेछ जीवन सहज । 

घर घरमा हुन्छ झगडा कागजको निउँमा 

सम्बन्ध छुट्छ कागजले गर्दा आफ्नैमा । 


 

गाउँ नि बन्यो सहर नि बन्याे त्यही कागजले 

सम्बन्धमा दरार पर्यो त्यही कागजले । 

भुले मानवतालाई पछ्याउदै छन् कागजलाई 

जीवन बाच्न चाहिन्छ त्यही कागज रे 

नभए त हेप्दा रहेछन् आफ्नैले । 


 

यही कागजका लागि गर्छन् यी नेता भ्रष्टाचार

गर्न तयार छन् मान्छेहरू कागज पाउन मारामार ।

कागजका लागि बेच्न तयार छन् आफ्नो देश

जान्छन् अर्काको देश कमाउन यो कागज फेरि आफ्नो भेष। 


 

यो संसार लोभी छ गर्दा त्यो कागजले 

त्यो कागज बिना जीवन जीवन होइन रे । 

कागज नभए हुँदैन रहेछ केही 

कागज नै हुनुपर्दो रहेछ पाउन आफ्नो कोही । 


 

यो कागज बिना हुँदैन रहेछ आफ्नो कोही 

भयो भने त माग्न आउँदा रहेछन् यही। 

हुँदैन रहेछ यो बिना जीवन सहज 

त्यसैले त भन्छन् यसलाई मूल्यवान कागज ।