Logo

Student Corner

Articles

Role Of Internet In My Life
- Prisha Acharya - 29040, Grade ... 26 May, 2022

Today, the internet has become an unavoidable aspect in our daily life. The Internet has played a very big role. It helps me  to correct mistakes that I make in docs , slides, and many more. The Internet helps me to know about information, knowledge ,news and notifications that I get from the internet.

With the help of the internet I can communicate with my friends, relatives who are very far from me. They can also contact me .We can talk online and have fun.

On the internet there are unlimited apps and websites to know what is going on in our country. For example google, email, and YouTube. And there are so many apps that help us in our daily life. By using google, it helps us to know about our history , to know about news all around the world. We can get any information that we don’t know along with the study materials from various websites. It helps us to know about subjects that are getting difficult to understand easily. There are many helpful apps for students to study . It helps the student to attend online classes if there is any event or festival. 

Let's also talk about emails. Emails can be sent and received from any computer. With the help of email we can message our teacher friends if we are on leave or clear our doubts.

Another platform that can help us in numerous ways is YouTube where we can also make our own videos and share them with the world. YouTube also has a very big role in the world of various networking platforms. We can see  entertainment ,cartoons, movies, stories, and the videos that we liked to see, and also we can listen to various types of music in every language.

As we all know from the internet we can also do shopping , we can buy online foods and we can do many  things with the help of the internet .

I have made a habit to listen to songs and do my homework , write articles and many other creative things. 


Read More
नैतिकता र अनुशासन
- Aakanchhya Khadka - 27001, Gr ... 25 May, 2022

मानिसभित्र  विविध गुणहरू हुन्छन् । ती हुन्, असल गुण र खराब गुण । । सत्य वचन र असल व्यवहारले मानिसलाई नैतिकवान बनाउँछ ।   मानिसमा हुने  सत्चरित्र , सत्बुद्धि, अरुलाइ हानि नगर्दै प्रयोग गरिने विवेक, नीति पूर्ण मार्ग अवलम्बन गर्नु जस्ता गुणहरूलाई नैतिकता भनिन्छ । 

हाम्रो समाजमा सम्पन्न र सफल हुने सबैको चाहना रहेको हुन्छ । सम्पन्न हुने सफल बन्ने सोच र त्यसलाई साकार पार्ने होडमा  कतिले आफ्नो दायित्व र जिम्मेवारीबाट नै भुली  विमुख रहेको पाइन्छ । सधैं सफलताको दौड दौडँदा हाम्रो नीति नियम सामाजिक दायित्व र नैतिकता चाहिँ खस्कँदै गएको महसुस हुन्छ । यसको असर  व्यक्ति व्यक्ति समाज र सिङ्गो राष्ट्रमा कति घातक हुन्छ भन्ने ज्वलन्त उदाहरण हाम्रो देशमा भोगिरहेका छौं । हाम्रो प्रत्येक चाडबाडमा ठुलाबढाहरूले आशीर्वाद दिँदा तिमी ठुलो मान्छे हुनु डाक्टर हुन ,धेरै पढ्नु ,ठूलो मान्छे बन्नु, तिमी असल मान्छे बन्नु नैतिकवान हुनु भनेर आशीर्वाद नदिएर पो हो कि ? भन्ने लाग्छ ।  हाम्रो सामाजमा धेरै  व्यक्तिमा असल र नैतिक चरित्रमा कमी भएको महसुस हुन्छ । हरेक व्येक्ति आफू र आफ्नालाई नै प्राथमिकताको दौडमा देख्छन् ।  आफू र आफ्नो भन्ने माला जपी अगाडि  बढ्दा अरू आर्काको बारेमा हेर्न नचहाने सोचको विकासले नै गर्दा  व्यक्ति र समाजमा नैतिकताको कमीको महसुस भइरहेको छ  । यसको सानो उदाहरण आफ्नो घरको फ़ोहोर अरूकोमा फाल्ने, जथाभावी फाेहाेर बाेल्ने, विदेशमा खाएको चक्लेटको बोक्रो नेपालमा आएर बाटोमा फाल्ने , केही अप्ठेरो परेको छ भन्ने उदार गर्नुको साटो सेल्फी खिच्ने, टिकटक बनाउने  इत्यादि कामहरू गरेको भेट्टाइएको छ । यी सबै घटना मानिसमा भएको  नैतिकताको कमीले नै गर्दा हो ।

 मानिस बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म  विविध क्रियाकलापहरूमा धेरै ठाउँमा कानुनको पालनाका साथै उल्ङ्घन गर्दै आएको हामीले देख्न सक्छाैँ । सरकारले जनताप्रति गर्ने दायित्व, कर्तव्यको कमी र साथै जनताले सरकारप्रति गर्ने दायित्त्व कर्तव्यको कमीकाे कारणले  दुबै पक्षले  आफ्नो कर्तव्य काम  दायित्त्व  पूरा नगरी एक अर्कालाई दोष दिँदै आफ्ना कामहरू पन्छाएको कारणले नै गर्दा कानुनको उल्लङ्घन हुने गर्छ । यसका केही उदाहरण हुन् बसमा सिटभन्दा बढी व्यक्ति लान पाइँदैन तर यसको राम्रोसँग पालना भएको छैन धेरैजसो बसहरूमा मानिसको चापले नै भरिएको  हुन्छ । यसबारे प्रशासन पनि मौन बसेको छ । यस्ता धेरै उदाहरण हाम्रो दैनिक रूपमा  पाउन  सक्छौँ । 

हरेक व्यक्तिले हरेक कर्म गर्दा सामाजिक मर्यादा,अनुशासन र देशकाे कानुनकाे ख्याल गरेर अगाडि बढ्ने हाे भने व्यक्ति, समाज र राष्ट्रकाे उन्नति हुन्छ । नैतितता र सच्चरित्रताले सबैकाे भलाे हुने र राष्ट्रकाे उन्नति हुने कारणले नैतिकता र अनुशासनकाे ख्याल गरेर अगाडि बढ्नु आवश्यक देखिन्छ । 


Read More
पुस्तक समीक्षाः खुसीको बिहानी
- Aarohan Timsina - 29057, Grad ... 25 May, 2022

परिचय 
खुसीको बिहानी पुस्तकका लेखक सजनी नाैबागे हुन् । यसका सम्पादक डा.  रामप्रसाद ज्ञवाली  हुन् ।  यसमा चित्र भर्ने काम सुनिता रोकाले गरेकी हुन् । यस पुस्तकलाई कथालय प्रकाशक कथालय प्रकाशन हाे । मुद्रक एपोलो अफसेट प्रेस प्रा.  लि. रहेकाे छ ।  
 
पात्र 
यस उपन्यासमा असल पात्रकाे रूपमा   समिता, अमिता, कुलदीप , आमा , बुबा , श्यामे , शारदा कि आमा , सुशीला आदि रहेका छन् ।  यसमा हजुरआमा खराब पात्रजस्ताे लागे पनि उहाँ समय र परिस्थितिले त्यस्ताे देखिनुभएकाे हाे । यस पुस्तकमा कुनै पनि खराब पात्रहरू छैनन् र सबै पात्रहरू असले रहेका छन् ।  प्रमुख पात्र  समिता ,अमिता र हजूरआमा रहेका छन् । सहायक पात्रहरू श्यामे, सुशीला, शारदाकी आमा, कुलदीप , आमा, बुबा र गाउँलेहरू रहेका छन् । यसमा मानवेतर पात्रकाे रूपमा गाई र गाईकाे बाच्छाे आएका छन् । 

कथावस्तु 
१ : आमाको पिडा
आमा बिरामी हुन्छिन र गाउँभरि हल्ला खल्ला भएको हुन्छ । धेरै गाउँलेहरू एउटै ठाउँमा भेला भएर मिलेर आमालाई अस्पताल ल्जान्छन् ।

२ : जन्मकोको खुसी 
समिता र अमिताकाे भाइ जन्मिएको छ । छिटै त्यो खबर गाउँलेहरूले थाहा पाए । त्यो सुनेपछि हजूरआमा धेरै खुसी हुनुभयो अनि हजूरआमा मेरो घरमा १० वर्षपछि छोरा जन्मियो भन्दै हुनुथ्याे  । जहिले हजूरआमा श्यामेलाई  गाली गर्नुहुन्थ्याे तर त्यो दिन त हजूरआमाले श्यामेलाई गाली पनि गर्नुभएन । छिटै त्यो खबर समिता र अमिताको कानमा पुग्यो । उनीहरू धेरै उत्सुक थिए तर अमिता आफ्नो  दिदीलाई प्रश्न मात्र गरी  ।

पाठ ३ : स्कुलमा रमाइलो लाग्दैन 
यो कथामा भाइ आउने धेरै उत्सुकता भएको भएर समिता र अमिता पढाइमा ध्यान दिन सकिरहेका थिएनन् । उनीहरूको मनमा धेरै ओटा प्रश्न आइरहेको थियो ।

पाठ ४ : सुनपानी 

आमा आइसक्नुभएको थियो । समिता र अमिता घर आउनासाथ आमाको कोठामा आमालाई भेट्न गए । जब उनीहरू आमा र भाइलाई छुँदै थिए हजूरआमा कोठामा छिर्नुभयो । उहाले समिता र अमितलाई खुब गाली गर्नुभयो।  त्यसपछि उहाँले सुशीलालाई बोलाएर सुनपानी ल्याउने आदेश दिनुभयो ।  सुशीलाले सुनपानी ल्याई अनि हजुरआमाले उनीहरूमाथि सुनपानी छर्किदिनुभयो । त्यो दिनदेखि अमितालाई  हजुरआमामाथि धेरै रिस उठ्न थाल्यो ।

पाठ ५ :  हजूरआमाको रिस समितामाथि 
हजुरआमाको सधैँकोजस्तै किचकिच र जति काम गरे पनि चित्त नबुझाउने बानीले गर्दा सुशीला पनि काम छोडेर गई । बुबालाई खेतमा मदत गर्न कोही पनि भएन, त्यसैले आमालाई खेतमा जानु पर्‍याे  तर आमा खेतमा जानुभयो भने कुलदीपलाई हेर्ने कोही पनि भएन । त्यसैले हजूरआमा र बुबाले समितालाई स्कूलबाट निकाल्ने सल्लाह लिनुभयो । आमाले उहाँहरूलाई  स्कूल पठाउनुपर्छ भनेर धेरै कोसिस गर्नुभयो तर बुबा र हजुरआमाले मान्नुभएन र आमालाई सुत्न पठाउनुभयो ।

पाठ ६ : स्कुलको यात्रा समाप्त 
समिताको स्कुलको यात्रा समाप्त भैसकेको थियो । हजुरआमाले समितालाई स्कूल जान दिनुभएन तर समिताले उल्टो हजुरआमासँग मुखमेखै लगाई । बुबाले त्यो देख्नुभयो र समितालाई एक थप्पड लगाउनुभयो । समिता रुँदै रुँदै आमाकोमा गई र आमासँग म किन स्कूल जान नपाउने भन्दै कुरा गर्न थाली । त्यो खबर समिताको स्कूलमा पनि पुग्यो सबैले समितालाई स्कुलमा पढाउनुपर्छ भने तर कसैको पनि केही लागेन ।

पाठ ७ : छाना बज्यो ड्याङ् ड्याङ्  
हजुरआमा शारदाकी आमाको घरमा जानुभएको थियो उहाँले समितालाई काम दिएर जानुभएको थियो । समिता लुगा सुकाउन गएकी थिई त्यसबेला अमिताले भाइमाथि पानी  खन्याइदिई । भाइ ठुलो स्वरमा रुन थाल्यो । समिता त्यो देखेर र आत्तिएर त्यो जग फालिदिई । समिताले अमितालाई गाली गरेर एक थप्पड दिई । त्यसपछि अमिता धेरै रिसाई र छाना माथि र छानाको टिनलाई ड्याङ् ड्याङ् हान्न थाली । त्यतिखेर हजुरआमा आउनुभयो र अमिताले हान्न बन्द गरी । त्यसपछि हजुरआमाले कुलदीपलाई बोकेर उसलाई माया गर्न थाल्नुभयो ।

पाठ ८ : गाईको बाच्छो 
गोठमा गाई कराइरहेको थियो । अमिता र समिता त्यो हेरिरहेका थिए तर हजुरआमाले उनीहरूलाई गोठ बाहिर पठाउनुभयो । श्यामे कुँडो पकाउदै थियो । श्यामेले कुँडो पकाएर गाईको नजिक राखेपनि गाईले कुँडो खाएन । गाई एकछिन पछि कराउन बन्द गर्‍याे । भुईँमा एउटा   गाईको बाच्छो थियो । गाईको बाच्छो त केटा रहेछ । त्यसपछि समिताले सोची मान्छेले छोरा पायो भने हजुरआमा खुसी हुनुहुन्छ तर गाईले छोरा पायो भने त त्यसको उल्टो पो हुने रहेछ नि ।

पाठ ९  : त्रास 
बुबा , आमा , श्यामे र कुलदीप मन्दिर गएका थिए । त्यसैबेला अचानक भुइचालो आयो । अमिता बाहिर थिई । समिता घरमा थिई । सबैजना आत्तिए त्यतिखेर समितालाई हजुरआमाको याद आयो ।ऊ हजुरआमालाई बचाउन गई । समिता हजुरआमालाई लिएर तल गइरहेको बेला एउटा काठको टुक्रा आएर हजुरआमाको खुट्टामा खस्यो । हजुरआमा ठुलो आवाजले चिच्याउनुभयो । अमिताले त्यो काठको टुक्रालाई हटाउन धेरै प्रयास गरी उसको शरीरमा धेरै घाउ भयो । त्यतिखेर गाउँलेहरू आएर हजुरआमाको मदत गरे र हजुरआमा र समितालाई अस्पताल लगे । आमा,बुबा र श्यामे मिलेर समिता, अमिता र हजुरआमालाई खोज्दै थिए । सारदाको  आमा त्यतै हुनुहुन्थ्यो । उहाँले सबै कुरा भनिदिनुभयो । त्यसपछि बुबा र आमा दुवैजना समिता र हजुरआमालाई भेट्न अस्पताल गए ।

पाठ १० : पालको बासमा श्यामेको गफ 
सबैजना गफ गर्दै थिए । श्यामेले पनि अरूलाई गफ सुनाउने ठान्यो । श्यामे केटाकेटीहरूलाई बोलाएर भुँइचालो आएको बेला उसले के गर्‍याे ।  भनेर सुनाउदै थियो । अमिताले श्यामेलाई धेरै प्रश्न सोधेको सोधै थिई । त्यसपछि श्यामेले भन्यो "मैले पनि अरूले भनेको सुनेर भनेको हु" त्यो भनेपछि सबैजना हाँसे ।पीडा भएकाे बेलामा पनि एकछिनको लागि सबैजना हाँसे ।
 

पाठ ११ : भुँइचालोले भत्कायो घर 
बेलुका खाना पकाउन सामान थिएन । आमा र बुबा सामान लिन घर जानुभएको थियो । त्यतै तिर अमिता र कुलदीप पनि थिए । आमाले कुलदीपलाई पिढीँमा राखेर भित्र जानुभयो । त्यतिखेर नै फेरी अर्को भुँइचालो आयो । आमा र बुबा कुदेर बाहिर निस्किनुभयो । घर उनीहरूकै अगाडि भत्कियो आमा रुन थाल्नुभयो किनकि अमिता र कुलदीप कहीँ पनि थिएनन् । एकछिनपछि आमा खुसी हुनुभयो किनकि उहाको अगाडि अमिता र कुलदीप थिए ।
 

पाठ १२ : खुसीको बिहानी 
सबै कुरा पहिलेको जस्तै हुँदै थियाे। समिता स्कूल जान थालेकी थिई अनि हजुरआमाले समितालाई पनि माया गर्न थाल्नुभएको थियो । हजुरआमाको बानी बेहोरा पनि परिवर्तन हुँदै थियो । सुशीला पनि फेरि काम गर्न फर्केर आई । भुइचालोले गर्दा नै समिताको जीवनमा खुसीको बिहानी आयो ।

परिवेश  
यस उपन्यासमा स्थलगत परिवेशका रूपमा  समिता र  अमिताको घर, काेठा, खेतबारी स्कुल, अस्पताल, चौर र गाईको गोठ, त्रिपाल, मन्दिर आदि रहेका छन् । 
कालगत परिवेका रूपमा याे २०७२ सालतिर घटेकाे घटना हाे भन्ने अनुमान लगाउन सकिन्छ । 

अवस्थागत परिवेशका रूपमा   आमा बिरामी हुनु, अस्पताल जानु,  समिता र अमिताको भाइ जन्मिनु,स्कुलमा समिता र अमिताको ध्यान नजानु, आमा घर आउनु, हजुरआमाले जतिखेरपनि समितालाई गाली गर्नु,  समिताको स्कूलको यात्रा बन्द हनु  अमिताले रिसाएर छानालाई ड्याङ् ड्याङ् हान्नु,  गाईले बाच्छो जन्माउनु,  एउटा भुइचालो आउनु  र सबैतिर त्रास मात्र हुनु ,  श्यामेले पालको बाँसमुनि गफलगाउनु , भुइचालोले समिता र अमिताको घर भत्काउनु  । सबैकुरा पहिलाजस्तै  हुनु,  हजुरआमाकाे विचारमा परिवर्तन आउनु र समिताको जीवनमा खुसीको बिहानी आउनु रहेका छन् ।

निष्कर्षः

खुसीकाे बिहानी एक चेतनामुलक बालउपन्यास हाे । यस उपन्यासले छाेराछाेरीमा भेदभाव गर्नुहुन्न । छाेरीले पनि पढेर राम्राे गर्न सक्छन् । उनीहरूले पनि बुबाआमालाई गाह्राे भएकाे बेलामा मदत गर्न सक्छन् । त्यसैले पुरानाे विचार त्यागेर छाेराछाेरीलाई समान अवसर दिनुपर्छ भन्ने कुरा सिकाएकाे छ । नेपाली भाषाकाे शब्दभण्डार विकासमा पनि यसले ठुलाे सहयाेग गर्दछ । त्यसैले म एकपटक सबैलाई याे पुस्तक पढ्न आग्रह गर्दछु । 


Read More
आमा
- Prasanna Dhungel - 28021, Gra ... 24 May, 2022

हामीलाई तोते बोली बोल्न सिकाउने 
बिदामा  हामीसँग  खेल्ने रमाउने ।
भाेक लाग्यो भने खाना तिर्खा लागे पानी
असल मानिस बन्नु अनि गर्नु राम्रो बानी ।।

हाम्रो लागि दिन रात काम गर्ने आमा 

सधैँ  असल बनाउन कोसिस गर्ने आमा ।
घाउ चोट लाग्दा औषधी लगाइदिने 
हाम्रो भविष्यको दिन रातै चिन्ता लिने ।।

दुखी हुँदा हामीलाई सधैँ खुसी बनाउने 
हामीलाई सधैँ  राम्रो बानी सिकाउने ।
सानो हुँदा  हामीलाई कथा सुनाउने 
ठुलो हुँदा हामीलाई सफल बनाउने ।।

हामीलाई सफलताको बाटो देखाउने 
अन्धकारबाट प्रकाशतिर लैजाने । 
जति  कठिन परिस्थिति आए पनि 
हामीलाई केही पनि  हुन नदिने ।

हामीलाई सधैँ राम्रो शिक्षा दिने 
समस्यामा हामीलाई सधैँ सहयोग गर्ने । 

तिमी नै हौ आमा संसारमा सधैँ मिल्ने साथी 
हाम्रो  लागि हुन्छौ आमा तिमी सबैभन्दा माथि ।। 


Read More
Does alien life exist ?
- Aarohan Timsina - 29057, Grad ... 24 May, 2022

Aliens have never been discovered. But that does not mean aliens don’t exist. There may be another civilization on another planet as there are many chances of that. There are many scientists that believe in this theory. There have also been a lot of ufo sightings lately. Some people even think that there are aliens living on earth as some people claim to have seen an alien. The scientists have also been studying space to find out if any other civilizations exist on some other planet. There also might be aliens living on the moon as some people who landed on the moon seemed to find something suspicious about it. Also some people claim to have seen some strange things there. If there is no life on the planets like the gas giants there might be life in their moons. Like in Enceladus, a moon of Saturn has an ocean present under a thick layer of ice so there could be life there similarly in Europa, a moon of Jupiter has a thick atmosphere so the living organisms have protection against the UV (Ultra Violent) rays of the sun. Scientists focus on alien life that would be similar to Earth life, there is always a chance they will be unexpectedly different. There are also a lot of planets in the Milky Way Galaxy alone and there are also a lot of planets that match some characteristics with Earth NASA calls those planets earth like planets. The first planet other than Earth that supports life was found in 2015 by a NASA spaceship . Previously in 2017 NASA found 7 earth like planets that might have alien life. The major things that we need to survive are water, food and oxygen so a planet like that might have life on it. Some planets might also have one of those characteristics and might have life on it. Like on mars there is water but all of it is frozen. A lot of planets have an atmosphere but they don’t have much oxygen for life to survive. There also have been a lot of attempts to search and communicate with aliens. In 1977 a spaceship called Voyager 1 was launched carrying a golden record for an alien civilization to listen to. If an alien civilization could find it it had a lot of languages, traditional songs, the sound that wind produces etc. it even carried the directions back to earth. The voyager one has already travelled 11 trillion miles but still it's nothing compared to the whole universe as the universe is way bigger. There are a lot of other attempts made but there is still no sign of aliens right now. But there is still a lot to explore so we cannot say that aliens don’t exist so the question comes to an end. Does alien life exist ? The answer is that we don’t know if it does or not but there is still hope. The universe is really big so there might be a chance.


Read More
परीक्षा
- Aaniya Poudel - 27002, Grade ... 23 May, 2022

(विद्यालयकाे वार्षिक  परीक्षा आउँदै छ । मुना, राम, सीता र हरि आउने परीक्षाको बारेमा कुराकानी गर्दै छन् ।  ल अब उनीहरूको कुराकानी सुनौ है त)


राम: अब परीक्षा आउँदै छ । परीक्षा आउने बित्तिकै आमाले पढ कि पढ मात्र भन्नुहुन्छ । एक छिन् खेल्न मात्र थाल्याैँ भने “हो खेलेर मात्र बस् पढ्नुपर्दैन ? परीक्षामा नराम्रो अङ्क त आओस् सरकारी स्कुलमा लगेर हाल्दिन्छु” भन्नुहुन्छ  ।


सीता: मेरो मा पनि  त्यस्तै भन्नुहुन्छ । “राम्रोसँग पढ़्यो भने राम्रो अङ्क आउछ ठुलो मान्छे बनिन्छ । पढेन  भने गाउँमा गएर भकारो सोरे भयो”  भन्नुहुन्छ । कति मात्र पढ्नु दिक्क लागिसक्याे ।


हरि: हो भनेको अरू बेलामा भन्दा पनि परीक्षा आउने बेलामा पढ कि पढ मात्र भन्नुहुन्छ । पढ्नुपर्छ परीक्षामा राम्रो अङ्क ल्यायो भनी त पास भइन्छ नि । मुना केही बोली राछिन् के भयो मुना ?


मुना : केहीँ पनि भएको छैन । तिमीहरू आफ्नो आमा बुबालाई सम्झाओ न त ।


( सबैले एकै स्वरमा भने के सम्झाउनु ?)


सीता : के चै सम्झाउनु मलाई त आफैँ परीक्षादेखि डर लाग्छ ।


मुना : डराउनै पर्दैन हाम्रा शिक्षकहरूले नै भनिसक्नुभएकाे छ  । परीक्षाबाट डराउनुपर्दैन ।


राम : शिक्षकहरूले जति भने पनि डर कतै न कतै मनमा लागि हाल्छ नि ।


मुना :मैले भन्न खोजेको हाम्रो परीक्षामा हामीले गरेको कक्षाकार्य र गृहकार्यको अङ्क पनि जाेडिन्छ । राम्ररी कक्षामा सुन्ने, कक्षाकार्य र गृहकार्य गर्ने गरेमा अवश्य पनि राम्राे अङ्क आउँछ नि । किन डराउने ?  ढुक्क भएर लेेखे त राम्राे हुन्छ नि ?  


हरि : हो त नि परीक्षाक़ो डरले गर्दा हामीले यो त बिर्सेको  नि ।


मुना :  यो भन्दैमा  परीक्षा बिगार्ने र नपढी आउने चाहिँ हैन नि ।


सबैजनाः हाे, हाे, परीक्षादेखि डराउने हाेइन । बरू  मिहिनेत गर्नुपर्छ ।  

 

( घन्टी बज्छ र  सबैजना आफ्नो कक्षातर्फ लाग्छन्  ।) 



 


Read More
लुकेको प्रतिभा
- Anushree Acharya - 28003, Gra ... 02 May, 2022

“म विद्यालय जान्न,” रामुले भन्यो । 

रामु कक्षा ४ मा अध्ययन गर्ने एक विद्यार्थी थियो। ऊ आफ्ना आमा र बुबासँग बस्थ्यो । ऊ काठमाडौँको एक राम्रो विद्यालयमा पढ्थ्यो। 

एक दिन ऊ विद्यालय जादै गर्दा उसका साथीहरूले उसलाई राम्ररी पढ्न नसक्ने भनेर जिस्क्याए । उसलाई भकभकाउने रोग थियो । त्यसैले ऊ कक्षाको अन्तिममा आउँथ्यो। उसलाई साह्रै दुख लाग्थ्यो । 

त्यसकाे केही समयपछि उसका साथीहरूले उसलाई “किन पढ्न आएको? तिमीले त आफ्नो आमा बुबाको पैसा खर्च मात्रै गर्दै छौ” भने । यो कुराले उसलाई साह्रै दुखी पार्‍याे। ऊ दिनभरि यही कुरामा ध्यान दिएर बस्यो । घर गएर उसले आमालाई भन्यो “आमा म विद्यालय जान्न” । आमाले छक्क परेर सोध्नुभयो “किन छोरा ? के भयो र ?” छोराले आँखाभरि आसु पार्दै भन्यो “आमा मलाई विद्यालयमा पढ्न नजान्ने भनेर जिस्क्याउँछन । मलाई साह्रै दुख लाग्छ । आज त साथीहरूले पढेर के गर्छस् ? तैले त तेरा आमा बुबाको पैसा मात्रै नष्ट गर्छस् भनेर भने। मलाई पनि साथीहरूको कुरा ठिक लाग्यो । म विद्यालय जान्न अब देखि आमा।”

आमाले सबै कुरा सुन्नुभयो । भोलिपल्ट उसको विद्यालय गएर प्रधानाध्यापकसँग भेट्नु भयो । प्रधानाध्यापकले पनि रामुलाई जिस्काए। त्यसै दिन आमाले त्यस विद्यालयबाट रामुलाई निकालिन्। वर्षको बीचमा भएका कारणले उनले रामुलाई घरमै पढाइन्। 

आमाले रामुलाई अर्को वर्ष अर्कै राम्रो विद्यालयमा हालिन् । यस् विद्यालयमा सबैलाई उस्तै दृष्टिकाेणले हेरिन्थ्याे ।  कसैलाई जिस्काउने र भेदभाव गर्ने काम गरिदैनथ्याे । त्यस विद्यालमा गएपछि रामु अत्यन्त खुसी भएर सिक्न थाल्याे । रामुका नयाँ साथी र शिक्षकका कारणले ऊ कक्षामा प्रथम आउन थाल्यो ।  उसले सफलताका सिँढीहरूमा उक्लँदै गयाे । आज ऊ बाल अधिकारको लागि लड्न सक्ने एक ठुलाे वकिल भएको छ ।


 


Read More