Logo

Student Corner

आमा

Written by: Prasanna Dhungel - 28021, Grade VII

Posted on: 24 May, 2022

हामीलाई तोते बोली बोल्न सिकाउने 
बिदामा  हामीसँग  खेल्ने रमाउने ।
भाेक लाग्यो भने खाना तिर्खा लागे पानी
असल मानिस बन्नु अनि गर्नु राम्रो बानी ।।

हाम्रो लागि दिन रात काम गर्ने आमा 

सधैँ  असल बनाउन कोसिस गर्ने आमा ।
घाउ चोट लाग्दा औषधी लगाइदिने 
हाम्रो भविष्यको दिन रातै चिन्ता लिने ।।

दुखी हुँदा हामीलाई सधैँ खुसी बनाउने 
हामीलाई सधैँ  राम्रो बानी सिकाउने ।
सानो हुँदा  हामीलाई कथा सुनाउने 
ठुलो हुँदा हामीलाई सफल बनाउने ।।

हामीलाई सफलताको बाटो देखाउने 
अन्धकारबाट प्रकाशतिर लैजाने । 
जति  कठिन परिस्थिति आए पनि 
हामीलाई केही पनि  हुन नदिने ।

हामीलाई सधैँ राम्रो शिक्षा दिने 
समस्यामा हामीलाई सधैँ सहयोग गर्ने । 

तिमी नै हौ आमा संसारमा सधैँ मिल्ने साथी 
हाम्रो  लागि हुन्छौ आमा तिमी सबैभन्दा माथि ।।