Written by: Aarohan Timsina - 29057, Grade VI
Posted on: 25 May, 2022
परिचय
खुसीको बिहानी पुस्तकका लेखक सजनी नाैबागे हुन् । यसका सम्पादक डा. रामप्रसाद ज्ञवाली हुन् । यसमा चित्र भर्ने काम सुनिता रोकाले गरेकी हुन् । यस पुस्तकलाई कथालय प्रकाशक कथालय प्रकाशन हाे । मुद्रक एपोलो अफसेट प्रेस प्रा. लि. रहेकाे छ ।
पात्र
यस उपन्यासमा असल पात्रकाे रूपमा समिता, अमिता, कुलदीप , आमा , बुबा , श्यामे , शारदा कि आमा , सुशीला आदि रहेका छन् । यसमा हजुरआमा खराब पात्रजस्ताे लागे पनि उहाँ समय र परिस्थितिले त्यस्ताे देखिनुभएकाे हाे । यस पुस्तकमा कुनै पनि खराब पात्रहरू छैनन् र सबै पात्रहरू असले रहेका छन् । प्रमुख पात्र समिता ,अमिता र हजूरआमा रहेका छन् । सहायक पात्रहरू श्यामे, सुशीला, शारदाकी आमा, कुलदीप , आमा, बुबा र गाउँलेहरू रहेका छन् । यसमा मानवेतर पात्रकाे रूपमा गाई र गाईकाे बाच्छाे आएका छन् ।
कथावस्तु
१ : आमाको पिडा
आमा बिरामी हुन्छिन र गाउँभरि हल्ला खल्ला भएको हुन्छ । धेरै गाउँलेहरू एउटै ठाउँमा भेला भएर मिलेर आमालाई अस्पताल ल्जान्छन् ।
२ : जन्मकोको खुसी
समिता र अमिताकाे भाइ जन्मिएको छ । छिटै त्यो खबर गाउँलेहरूले थाहा पाए । त्यो सुनेपछि हजूरआमा धेरै खुसी हुनुभयो अनि हजूरआमा मेरो घरमा १० वर्षपछि छोरा जन्मियो भन्दै हुनुथ्याे । जहिले हजूरआमा श्यामेलाई गाली गर्नुहुन्थ्याे तर त्यो दिन त हजूरआमाले श्यामेलाई गाली पनि गर्नुभएन । छिटै त्यो खबर समिता र अमिताको कानमा पुग्यो । उनीहरू धेरै उत्सुक थिए तर अमिता आफ्नो दिदीलाई प्रश्न मात्र गरी ।
पाठ ३ : स्कुलमा रमाइलो लाग्दैन
यो कथामा भाइ आउने धेरै उत्सुकता भएको भएर समिता र अमिता पढाइमा ध्यान दिन सकिरहेका थिएनन् । उनीहरूको मनमा धेरै ओटा प्रश्न आइरहेको थियो ।
पाठ ४ : सुनपानी
आमा आइसक्नुभएको थियो । समिता र अमिता घर आउनासाथ आमाको कोठामा आमालाई भेट्न गए । जब उनीहरू आमा र भाइलाई छुँदै थिए हजूरआमा कोठामा छिर्नुभयो । उहाले समिता र अमितलाई खुब गाली गर्नुभयो। त्यसपछि उहाँले सुशीलालाई बोलाएर सुनपानी ल्याउने आदेश दिनुभयो । सुशीलाले सुनपानी ल्याई अनि हजुरआमाले उनीहरूमाथि सुनपानी छर्किदिनुभयो । त्यो दिनदेखि अमितालाई हजुरआमामाथि धेरै रिस उठ्न थाल्यो ।
पाठ ५ : हजूरआमाको रिस समितामाथि
हजुरआमाको सधैँकोजस्तै किचकिच र जति काम गरे पनि चित्त नबुझाउने बानीले गर्दा सुशीला पनि काम छोडेर गई । बुबालाई खेतमा मदत गर्न कोही पनि भएन, त्यसैले आमालाई खेतमा जानु पर्याे तर आमा खेतमा जानुभयो भने कुलदीपलाई हेर्ने कोही पनि भएन । त्यसैले हजूरआमा र बुबाले समितालाई स्कूलबाट निकाल्ने सल्लाह लिनुभयो । आमाले उहाँहरूलाई स्कूल पठाउनुपर्छ भनेर धेरै कोसिस गर्नुभयो तर बुबा र हजुरआमाले मान्नुभएन र आमालाई सुत्न पठाउनुभयो ।
पाठ ६ : स्कुलको यात्रा समाप्त
समिताको स्कुलको यात्रा समाप्त भैसकेको थियो । हजुरआमाले समितालाई स्कूल जान दिनुभएन तर समिताले उल्टो हजुरआमासँग मुखमेखै लगाई । बुबाले त्यो देख्नुभयो र समितालाई एक थप्पड लगाउनुभयो । समिता रुँदै रुँदै आमाकोमा गई र आमासँग म किन स्कूल जान नपाउने भन्दै कुरा गर्न थाली । त्यो खबर समिताको स्कूलमा पनि पुग्यो सबैले समितालाई स्कुलमा पढाउनुपर्छ भने तर कसैको पनि केही लागेन ।
पाठ ७ : छाना बज्यो ड्याङ् ड्याङ्
हजुरआमा शारदाकी आमाको घरमा जानुभएको थियो उहाँले समितालाई काम दिएर जानुभएको थियो । समिता लुगा सुकाउन गएकी थिई त्यसबेला अमिताले भाइमाथि पानी खन्याइदिई । भाइ ठुलो स्वरमा रुन थाल्यो । समिता त्यो देखेर र आत्तिएर त्यो जग फालिदिई । समिताले अमितालाई गाली गरेर एक थप्पड दिई । त्यसपछि अमिता धेरै रिसाई र छाना माथि र छानाको टिनलाई ड्याङ् ड्याङ् हान्न थाली । त्यतिखेर हजुरआमा आउनुभयो र अमिताले हान्न बन्द गरी । त्यसपछि हजुरआमाले कुलदीपलाई बोकेर उसलाई माया गर्न थाल्नुभयो ।
पाठ ८ : गाईको बाच्छो
गोठमा गाई कराइरहेको थियो । अमिता र समिता त्यो हेरिरहेका थिए तर हजुरआमाले उनीहरूलाई गोठ बाहिर पठाउनुभयो । श्यामे कुँडो पकाउदै थियो । श्यामेले कुँडो पकाएर गाईको नजिक राखेपनि गाईले कुँडो खाएन । गाई एकछिन पछि कराउन बन्द गर्याे । भुईँमा एउटा गाईको बाच्छो थियो । गाईको बाच्छो त केटा रहेछ । त्यसपछि समिताले सोची मान्छेले छोरा पायो भने हजुरआमा खुसी हुनुहुन्छ तर गाईले छोरा पायो भने त त्यसको उल्टो पो हुने रहेछ नि ।
पाठ ९ : त्रास
बुबा , आमा , श्यामे र कुलदीप मन्दिर गएका थिए । त्यसैबेला अचानक भुइचालो आयो । अमिता बाहिर थिई । समिता घरमा थिई । सबैजना आत्तिए त्यतिखेर समितालाई हजुरआमाको याद आयो ।ऊ हजुरआमालाई बचाउन गई । समिता हजुरआमालाई लिएर तल गइरहेको बेला एउटा काठको टुक्रा आएर हजुरआमाको खुट्टामा खस्यो । हजुरआमा ठुलो आवाजले चिच्याउनुभयो । अमिताले त्यो काठको टुक्रालाई हटाउन धेरै प्रयास गरी उसको शरीरमा धेरै घाउ भयो । त्यतिखेर गाउँलेहरू आएर हजुरआमाको मदत गरे र हजुरआमा र समितालाई अस्पताल लगे । आमा,बुबा र श्यामे मिलेर समिता, अमिता र हजुरआमालाई खोज्दै थिए । सारदाको आमा त्यतै हुनुहुन्थ्यो । उहाँले सबै कुरा भनिदिनुभयो । त्यसपछि बुबा र आमा दुवैजना समिता र हजुरआमालाई भेट्न अस्पताल गए ।
पाठ १० : पालको बासमा श्यामेको गफ
सबैजना गफ गर्दै थिए । श्यामेले पनि अरूलाई गफ सुनाउने ठान्यो । श्यामे केटाकेटीहरूलाई बोलाएर भुँइचालो आएको बेला उसले के गर्याे । भनेर सुनाउदै थियो । अमिताले श्यामेलाई धेरै प्रश्न सोधेको सोधै थिई । त्यसपछि श्यामेले भन्यो "मैले पनि अरूले भनेको सुनेर भनेको हु" त्यो भनेपछि सबैजना हाँसे ।पीडा भएकाे बेलामा पनि एकछिनको लागि सबैजना हाँसे ।
पाठ ११ : भुँइचालोले भत्कायो घर
बेलुका खाना पकाउन सामान थिएन । आमा र बुबा सामान लिन घर जानुभएको थियो । त्यतै तिर अमिता र कुलदीप पनि थिए । आमाले कुलदीपलाई पिढीँमा राखेर भित्र जानुभयो । त्यतिखेर नै फेरी अर्को भुँइचालो आयो । आमा र बुबा कुदेर बाहिर निस्किनुभयो । घर उनीहरूकै अगाडि भत्कियो आमा रुन थाल्नुभयो किनकि अमिता र कुलदीप कहीँ पनि थिएनन् । एकछिनपछि आमा खुसी हुनुभयो किनकि उहाको अगाडि अमिता र कुलदीप थिए ।
पाठ १२ : खुसीको बिहानी
सबै कुरा पहिलेको जस्तै हुँदै थियाे। समिता स्कूल जान थालेकी थिई अनि हजुरआमाले समितालाई पनि माया गर्न थाल्नुभएको थियो । हजुरआमाको बानी बेहोरा पनि परिवर्तन हुँदै थियो । सुशीला पनि फेरि काम गर्न फर्केर आई । भुइचालोले गर्दा नै समिताको जीवनमा खुसीको बिहानी आयो ।
परिवेश
यस उपन्यासमा स्थलगत परिवेशका रूपमा समिता र अमिताको घर, काेठा, खेतबारी स्कुल, अस्पताल, चौर र गाईको गोठ, त्रिपाल, मन्दिर आदि रहेका छन् ।
कालगत परिवेका रूपमा याे २०७२ सालतिर घटेकाे घटना हाे भन्ने अनुमान लगाउन सकिन्छ ।
अवस्थागत परिवेशका रूपमा आमा बिरामी हुनु, अस्पताल जानु, समिता र अमिताको भाइ जन्मिनु,स्कुलमा समिता र अमिताको ध्यान नजानु, आमा घर आउनु, हजुरआमाले जतिखेरपनि समितालाई गाली गर्नु, समिताको स्कूलको यात्रा बन्द हनु अमिताले रिसाएर छानालाई ड्याङ् ड्याङ् हान्नु, गाईले बाच्छो जन्माउनु, एउटा भुइचालो आउनु र सबैतिर त्रास मात्र हुनु , श्यामेले पालको बाँसमुनि गफलगाउनु , भुइचालोले समिता र अमिताको घर भत्काउनु । सबैकुरा पहिलाजस्तै हुनु, हजुरआमाकाे विचारमा परिवर्तन आउनु र समिताको जीवनमा खुसीको बिहानी आउनु रहेका छन् ।
निष्कर्षः
खुसीकाे बिहानी एक चेतनामुलक बालउपन्यास हाे । यस उपन्यासले छाेराछाेरीमा भेदभाव गर्नुहुन्न । छाेरीले पनि पढेर राम्राे गर्न सक्छन् । उनीहरूले पनि बुबाआमालाई गाह्राे भएकाे बेलामा मदत गर्न सक्छन् । त्यसैले पुरानाे विचार त्यागेर छाेराछाेरीलाई समान अवसर दिनुपर्छ भन्ने कुरा सिकाएकाे छ । नेपाली भाषाकाे शब्दभण्डार विकासमा पनि यसले ठुलाे सहयाेग गर्दछ । त्यसैले म एकपटक सबैलाई याे पुस्तक पढ्न आग्रह गर्दछु ।