Logo

Student Corner

गाैतम बुद्ध

Written by: Aneechka Kaushik - 29006, Grade VI

Posted on: 23 May, 2022

नेपालका सान बुद्ध 

तपस्याले भए ज्ञानी र शुद्ध

उनी हुन् शान्तिका अग्रदुत

उनकै नाममा मान्छन् 

धर्म बाैद्ध ।


विश्वलाई शान्तिकाे पाठ सिकाएका

मानिसहरूबाट अन्धकार झिकाएका

गाैतम बुद्ध एसियाका तारा

बने उनी ज्ञानका सहारा ।

 

गर्वले भन्छाैँ उनी नेपाली हुन् 

उनी नै नेपालका सान हुन् 

त्यागी र ज्ञानी सबका समान हुन् 

उनी नै संसारका मान हुन्  ।

 

मलाई बुद्ध जस्तै बन्नु छ 

बुद्धकाे कथा सबैलाई भन्नु छ ।