Logo

Student Corner

धानका बाला

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 18 March, 2022

धानकाे बाला लहलह

गह्राभरि झुल्छ

वर्षाभरि पानीमै भिज्छु

बाली ल्याउँदा भुल्छु

बाझाे खन्छु अनि राेप्छु

अनि पानी लाउँछु 

पानी धेरै हाेला भनी 

सधैँभरि धाउँछु । 

जति दुःख भए पनि 

भकारीमा धान

त्यही धान कुटी पिसी 

पाइन्छ सधैँ खान

बाँकी रहन्छ पराल

दाइँ गरे पछि

डाेरी बाट्छु भारी बनाई

ढुक्क बन्छु अनि ।