Logo

Student Corner

हाम्राे नेपाल

Written by: Sabhya Marasini Pradhan - 30039, Grade IV

Posted on: 21 March, 2022

हामी नेपाली छाैँ सभ्य

हाम्रा हिमाल छन् भव्य

हाम्राे छ राम्राे संस्कार 

गर्छाैँ सधैँ नमस्कार । 

नेपालकाे प्रशस्त पानी 

नेपाल आमा रानी

नेपाललाई हेला गर्ने

नगर्नु गल्ती जानी जानी।

धर्म संस्कृति र बाजा

नेपाल नै छ राजा

खाला नाला र पानी 

प्रशस्त उद्याेग र खानी।

उपयाेग गराैँ मिलेर

नबसाैँ त्यसै हिँडेर 

बुद्धले शान्ति छरेका

भृकुटी,सीताले नाम राखेका ।

मेराे देश नेपाल 

प्याराे देश नेपाल ।