Logo

Student Corner

नारी दिवस

Written by: Eva Adhikari - 29012, Grade V

Posted on: 21 March, 2022

आज म लगाएत विश्वभरका धेरै बालिकाहरूले विद्यालय गएर पढ्न पाएका छाैँ । विश्वका अनेका देशहरूमा सरकारी पदहरूमा महिला कर्मचारीहरूले पुरुषहरू सरह काम गरेर देशकाे सेवा गरिरहेका छन् । हाम्राे देश नेपालमा त वर्तमान राष्ट्रपति समेत महिला नै छन् । यस्तै अन्य क्षेत्रहरू खेलकुद व्यापार,कला,सङ्गीत,राजनैतिक,चिकित्साक्षेत्र इत्यादि क्षेत्रहरूमा महिलाहरूले आफूलाई अब्बल साबित गरिरहेका छन् । तर याे अवसर, अवस्था महिलाहरूले सजिलै पाएका चाहिँ हाेइनन् । 

वर्षाैँ पहिले महिलाहरूलाई मानिसजस्ताे व्यवहार पनि गरिँदैनथ्याे । यसकाे ज्वलन्त उदाहरण हाम्राे देशमा पहिला रहेकाे सतीप्रथालाई लिन सकिन्छ । उपभाेग्य वस्तु जस्तै महिलालाई व्यवहार गरिन्थ्याे । उनिहरूलाई आफूखुसी बाँच्न ,रमाउन, हिँड्ने वा बाेल्ने कुनै पनि अधिकार थिएन । घरबाट बाहिर निस्कने हक पनि नभएका त्यसबेलाका महिलाहरूले राजनीतिक अधिकार त आकाशकाे फल जस्तै थियाे । 

महिलाहरूलाई याे अवस्थामा ल्याउन धेरै सङ्घर्ष गरिएकाे थियाे । इतिहास खाेतल्दै जाँदा जर्मनकी क्लारा जेटकिनप्रति हामी कृतज्ञ हुनै पर्छ । उनले नै सन् १८९२ मा महिलाहरूलाई गाेलबन्द गर्दै महिला सचेतनाकाे थालनी गरेकी हुन् । फलस्वरूप सन् १९०७ मार्च ८ मा जर्मनीकाे श्रमिक महिला संघकाे स्थापना भयाे । जेटकिनकाे सचेतना विश्वभर फैलियाे र धेरै महिलाहरूकाे सङ्घर्षकाे फलस्वरूप सन् १९११ मा अष्ट्रिया, जर्मनी, डेनमार्क, स्विजरल्याण्डमा अन्तराष्ट्रिय नारी दिवस मनाइएकाे थियाे ।संयुक्त राष्ट्रसंघले आधिकारिक मान्यता दिएपछि २०२२ मार्च ८ मा ११२अाैँ अन्तराष्ट्रिय नारी दिवस मनाइरहेका छाैँ । याे वर्षकाे नारा सामाजिक न्याय र लैङ्गिक समानताःदिगाे विकासकाे सुनिश्चितता रहेकाे छ । 

हाल पनि कैयाैँ देशमा महिलाहरूले भाेट हाल्न नपाइने विद्यालय गएर पढ्न नपाउने घरबाहिर जाँदा आफ्नाे बुबा श्रीमान वा छाेरासँग मात्र जानुपर्ने ,गाडी चलाउन नपाउने आदि नियम छन् । यस्ताे असमानता चिर्न अझ पनि महिला र पुरूषकाे संयुक्त सङ्घर्षकाे निरन्तरताकाे आवश्यकता छ । हाम्राे देश नेपालमा पनि कानुनी रूपमा महिलामाथि हुने भेदभावकाे अन्त्य भए तापनि व्यावहारिक रूपमा अन्त्य हुन सकेकाे छैन । यसकाे ज्वलन्त उदाहरणका रूपमा बाेक्सी आराेपित महिला, छाउपढी प्रथा , बच्ची भ्रुणहत्या आदिलाई लिन सकिन्छ । यसकाे समाधानका लागि सचेतना कार्यक्रमकाे आवश्यकता छ । 

अन्तमा महिलालाई पनि समान अधिकार र अवसर अनि सम्मान दिलाई सभ्य अनि भव्य समाजकाे निर्माण नै नारी दिवसकाे लक्ष्य हुनुपर्छ ।