Logo

Student Corner

स्वस्थ शरीर

Written by: Hardik Sharma Phuyal - 30045, Grade V

Posted on: 16 March, 2022

स्वस्थ शरीर हामी सबैकाे हुनुपर्छ । हाम्राे शरीर स्वस्थ भयो भने हामी जे काम पनि राम्ररी गर्न सक्छौं ।  हाम्रो शरीर  स्वस्थ रहनलाई हामीलाई  शक्ति चाहिन्छ ।  हामीले शक्ति पाउनलाई खाना खानुपर्छ ।  शरीर स्वस्थ हुनलाई हामीले  गेडागुडी गेडागुडी तरकारी  स्याउ केरा सुन्तला  जस्ता फलहरू खानु पर्छ ।हामीले बिहानीपखकाे घाम पनि ताप्ने गर्नुपर्छ । हाम्राे शरीरका सबै अङ्गहरूले सुचारू रूपले काम गर्न पनि शरीर स्वस्थ रहनुपर्छ ।  हामीले स्वस्थ र  पोसिलो खाना खायाैँ  भने मात्र याे सम्भव हुन्छ । यदि हामीले  कुद्ने, उफ्रिने ,दौडिने गर्याैँ  भने हाम्रो शरीर स्वस्थ  हुन्छ। स्वस्थ शरीरका लागि हामीले खाने खानामा शरीरलाई चाहिने भिटामिन,खनिज र यस्तै महत्त्वपूर्ण तत्व पनि  चाहिन्छ । हामीले सन्तुलित भाेजनकाे सेवन पनि गर्नुपर्छ ।  खानामा प्रोटिन,क्याल्सियम, फाइबर आदि तत्व पनि आवश्यक हुन्छ । प्रोटिनले शक्ति दिन्छ हाम्रो शरीर फुर्तिलो हुन्छ । 
हामीले बजारमा प्याकेटमा हालेर राखेका खानेकुरा खायाैँ भने शरीरलाई हानी पुर्याउँछ । हरियाे साग,ताजा फलफूल र स्वस्थकर खानाले नै शरीर स्वस्थ बनाउन सक्छ । यसका साथसाथै नियमित व्यायम पनि आवश्यक रहन्छ ।