Logo

Student Corner

मेरो मिल्ने साथी

Written by: Raj Manandhar - 31023, Grade IV

Posted on: 05 August, 2022

मेरो मिल्ने साथीको नाम मौरी श्रेष्ठ हाे । माैरी राम्राे र अग्लाे छ । उसका ठुला ठुला आँखा छन् । ऊ अहिले दश वर्षको भयो । उसकाे घर मैतिदेवीमा छ । मौरीलाई रातो रङ मन पर्छ । मौरी र म एउटै कक्षामा पढ्छाैँ । हामी कक्षामा नजानेका कुराहरू एक अर्कालाई साेध्छाैँ । मौरीको जन्मदिन भदौ महिनामा पर्दछ । मौरीलाई गीत सुन्न र गीत गाउन धेरै मन पर्छ । उसलाई संगीतको धुन पनि मन पर्छ । मौरीलाई मःम खान मन पर्छ ।  उसलाई फुटबल, बास्केटबल र भलिबल खेल्न मन पर्छ ।