Logo

Student Corner

सगरमाथा

Written by: Pranav Pandey - 31016, Grade IV

Posted on: 01 August, 2022

सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो । सगरमाथाको उचाई ८,८४८ मिटर अग्लाे छ । सगरमाथा पहिला आरोहण गर्ने व्यक्ति तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी हुन् । सगरमाथा साेलुखुम्बु जिल्लाकाे सगरमाथा अञ्चलमा पर्दछ । हालसम्म धेरै जनाले सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथाको तल्लो भागलाई खुम्बु आइसफल भनिन्छ । सगरमाथाको तल्लो भागमा शेर्पा जातिका मानिसहरू बसोबास गर्छन् । त्यहाँ धेरै नयाँ सामानहरू पाइन्छन् । हामी सगरमाथा पुग्न लुक्ला देखि कालापत्थर सम्म हिँड्नुपर्दछ । कालापत्थरमा एउटा एउटा ठुलो ढुङ्गामा बेस क्याम्प लेखेको हुन्छ । सगरमाथा दुईवटा पहाड ढाकेर बनेको छ । सगरमाथा आरोहण गर्न धेरै विदेशीहरू आउँछन् ।