Logo

Student Corner

डियरवाक अटाे सर्भिस अवलाेकन

Written by: Sambhavya Pandey - 30027, Grade V

Posted on: 04 August, 2022

म पाँच कक्षामा पुगेपछी पहिलोपटक यही असार महिनाको १६ गते फिल्ड भिजिटमा गएँ । हामी  कक्षा पाँचका दुबै समूहका बिद्यार्थीहरू, गुरु र गुरुआमा भएर फिल्ड भिजिटका लागि डियरवाक अटो सर्भिस गएका थियाैँ । यो अटो सर्भिस हाम्रो विद्यालय नजिकै कालोपुलमा छ। हामी सबैजना धेरै नै उत्साहित थियौँ । बसबाट ओर्लिएर हामी अट‍ो सर्भिस पुग्यौँ । त्यसपछी  हामीलाई  त्यहाँको एकजना सरले अटो सर्भिसका बारेमा धेरै कुराको जानकारी दिनुभयो। कस्टोमर सर्भिसका बारेमा पनि जानकारी दिनुभयो । बिग्रेका गाडीहरू कसरी बनाउने, ट‍‍ा‍‍यर कसरी फेर्ने,कार कसरी धुने, काेरिएकाे भएमा रङ्ग कसरी हाल्ने, गाडीहरू कसरी धुने आदि धेरै कुराको जानकारी दिनुभयो । हामीलाई  त्यहाँको सरले अटो सर्भिस भित्रका विभिन्न ठाउँ घुमाउनुभयो । अटो सर्भिस सबैतिर घुमेर हामी सबैजना विद्यालय फर्कियौँ । मलाई  यो फिल्डभिजिट धेरै रमाइलो लाग्यो । यस फिल्डभिजिटमा धेरै  कुरा सिक्ने र हेर्ने मौका पनि पायौं ।