Logo

Student Corner

Articles

The Inspiring Journey of Hari Budha Magar
- Shubha Shree Malla - 31030, G ... 12 June, 2023

Hari Budha Magar is a Nepalese mountaineer. He became the first-ever Nepalese double above-knee amputee to climb peaks above 6000m. He was also one of the first to climb the highest peak in the world, known as Mt. Everest or Sagarmatha, located in Solukhumbu. He was born in 1979 in the village of Mirul in the Rolpa District. He is also a motivational speaker and an injured campaigner. He joined the British army through the Royal Gurkha Rifles when he was 19 years old. In 2010, while serving in Afghanistan, he stepped on an improvised explosive device, resulting in the loss of both legs above his knees and other injuries. However, he did not give up on life. After losing both legs, he engaged in various activities such as golf, skydiving, skiing, kayaking, and rock climbing. He also participated in wheelchair rugby and wheelchair basketball. He holds a world record as a double above-knee amputee for climbing peaks above 6000m. In 2017, Nepal banned disabled people from climbing peaks. However, after a year of campaigning and fighting, the government overturned the ban in 2018. He also expressed that the ban was discrimination and that they should have the freedom to pursue their goals. Finally, he achieved his goal on May 19th, 2023, after a series of struggles. Now the whole world has learned that if you have a goal you truly want to achieve, you can do it under any conditions.


Read More
रमाइलाे हाइकिङ
- Akshita Bhattarai - 32039, Gr ... 12 June, 2023

यही २०८० वैशाख २३ गते शनिवारको कुरा हो । मेरो बाबाले फर्पिङमा एउटा सानो हाइकिङको कार्यक्रम बनाउनुभयो । म, मेरा बाबा, आमा र हजुरबुबा गाडीमा फर्पिङको पानी पोखरी सम्म गयौँ। यो पोखरी नेपालको पहिलो र एशियाको दोस्रो जलबिद्युत परियोजनाको लागि बनाइएको जलाशय रहेछ । अहिले त्यो पानी पाटनमा पिउने पानीको रुपमा वितरण हुँदो रहेछ । पोखरीबाट पावरहाउस जाने बाटो ठाडो ओरालो रहेछ । एउटा रमाइलो कुरा चाहिँ हामी त्यहाँबाट हिँडेपछि दुइवटा कुकुरहरू पुच्छर हल्लाउँदै हामीसँगै त्यो ओरालोमा हिँडे । आधा बाटो हिँडेपछि हामीले एकजना बाजेले बाख्रा चराइराखेको भेट्यौँ । त्यहाँ साना बाख्राहरू देखेर मलाई एकदम खुसी लाग्यो । मैले एउटा सानो बाख्रालाई बोकेर खेल्न पनि पाएँ । त्यस पछि हामी ११० वर्ष पुरानो पावरहाउसमा पुग्यौँ र त्यहाँका सामानहरू हेर्‍याैँ । त्यही अलि पर त्यो परियोजना १०० वर्ष पुगेको सम्झनामा एउटा स्मारक बनाइएको रहेछ । हामी एकछिन त्यहाँ आराम गर्‍याैँ र फर्किन उकालो लाग्यौँ । उकालो चढ्न मलाई धेरै गाह्रो भयो । तर घुम्न पाएको भएर रमाइलो पनि लाग्यो ।


Read More
महाकवि लक्ष्मीप्रसाद देवकोटा
- Revati Maharjan - 31051, Grad ... 09 June, 2023

कविता लेख्ने मानिसलाई कवि भनिन्छ। हाम्रो देशमा पनि नाम चलेका कविहरू धेरै छन्। तीमध्ये लक्ष्मीप्रसाद देवकोटा पनि एक हुन् ।उनको जन्म वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मी पूजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनी लक्ष्मी पूजाको  दिन जन्मेकाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो। उनको न्वारनको नाम तीर्थमाधव देवकोटा हो। उनका बुबाको नाम तिलमाधव देवकोटा र आमाको नाम अमरराज्यलक्ष्मी देवकोटा हो ।
लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेर पनि चिनिन्छ । उनले कविता,खण्डकाव्य ,महाकाव्य र निबन्धका थुप्रै पुस्तकहरू लेखेका छन् । उनले दरबार हाई स्कुलमा पढ्ने मौका पाए । उनले त्रिचन्द्र कलेजबाट आई. ए र बी.ए. सजिलै पास गरे । लक्ष्मीप्रसादले सानै उमेरदेखि कविता लेख्न थालेका थिए । उनले कविता लेखेर गुरु गुरुआमालाई देखाउँथे । उनले केटाकेटीका लागि सुनको बिहानी , पुतली जस्ता कविताका किताबहरू पनि लेखेका छन्  । उनले लेखेको 'मुनामदन' भन्ने खण्डकाव्य  एकदम चर्चित छ  ।

लक्ष्मीप्रसाद देवकोटाको एउटा नराम्रो बानी थियो। उनी धेरै चुरोट खान्थे । त्यसले गर्दा उनलाई क्यान्सर रोग लाग्यो। उनको मृत्यु  विं.सं. २०१६ साल भदौ २९ गते भएको हो । उनी अहिले हामीमाझ छैनन् तर आफ्ना कृतिका कारणले गर्दा अमर छन् ।


Read More
मेरो विद्यालय
- Ruhjen Jung Khadka - 32014, G ... 08 June, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेराे विद्यालयमा धेरै भवनहरू छन् । यहाँ प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहकाे पढाइ हुन्छ । यहाँ उच्च शिक्षा लिनका लागि अध्ययन गर्ने अवसर पाइन्छ । मेरो विद्यालय सिफल काठमाडौँमा अवस्थित छ। म प्राथमिक तहमा पढ्छु। मेरो कक्षा माथिल्लो तलामा छ। मेरो कक्षाकोठा उज्यालाे र सफा छ । मेरो कक्षाकोठामा २३ जना विद्यार्थी छन् । मेरो कक्षाकोठाको भित्तामा चारवटा तस्विरहरू छन् र ती सुन्दर छन्। मेरो विद्यालयमा नेपालका विभिन्न जिल्लाका विभिन्न नामका भवनहरू छन् । यहाँ तीनवटा मैदान र टेबल टेनिस खेल्नका लागि छुट्टै ठाउँ छन् । दुईवटा चाैर हरियो रङको छ भने अर्को ठुलो जमिनमा रुख र फूलहरू छन् । हामी ठुलो मैदानमा फुटबल, बास्केटबल आदि जस्ता खेलहरू खेल्छौँ । हाम्रो विद्यालयमा विभिन्न प्रकारका अतिरिक्त पाठ्यक्रमका साथै विभिन्न  गतिविधि र खेलहरू खेलिन्छन् जस्तै, फुटबल, बास्केटबल, ब्याटमिन्टन, नाटक, योग, नृत्य, सङ्गीत, तेक्वान्डो, कोडिङ, आदि छन् । मेरो विद्यालयमा धेरै बसहरू छन् र तिनीहरू पहेँलो र सेतो रङका छन् । मेरो विद्यालयमा नृत्य कक्ष, सङ्गीत कक्ष, पढ्ने कक्षाकोठा, योग कक्ष, कार्य कक्ष, आदि विभिन्न गतिविधिहरूका लागि विभिन्न कोठाहरू छन् । हामीसँग एउटा पुस्तकालय पनि छ जहाँबाट म पढ्नका लागि विभिन्न पुस्तकहरू पाउन सक्छु । मलाई मेरो विद्यालय धेरै मन पर्छ र मलाई विद्यालय जान मन पर्छ।


Read More
सामूहिक काम र सहभागिता
- Saanvie Nepal - 31044, Grade ... 07 June, 2023

एउटा खास भौगोलिक क्षेत्रमा बस्ने मानिसको समूहलाई समुदाय भनिन्छ। सबैजना मिलेर समुदायमा गरिने कामलाई सामूहिक काम भनिन्छ।  समुदायमा बस्ने  मानिसहरूले समुदायका काममा भागलिने कार्यलाइ नै सहभागिता भनिन्छ । जस्तै : गाउँघरमा सरसफाइ कार्यक्रम आयोजना गर्दा, बाटोघाटो बनाउँदा, धारा, पँधेरो, कुवा र कुलो बनाउँदा, वृक्षराेपण गर्ने जस्ता कार्यक्रम आयाेजना गर्दा  समुदायले धेरै मदत गर्छन्।  समुदायमा स्कुल ,विद्यालय ,धाराे बनाउने जस्ता सामाजिक कार्य गर्दा  समुदायले आर्थिक रूपमा पनि सहयोग गरी आफ्नो सहभागिता  जनाएका हुन्छन् । सामुहिक कार्यमा सहभागिता जनाउँदा समुदायको कार्य पनि चाँडो हुन्छ । एक जनालाई मात्र आर्थिक भार पर्दैन । समुदाय पनि  राम्रो हुन्छ। त्यसैले समुदायमा बसाेबास गर्ने सम्पूर्ण मानिसहरू एकआपसमा मिलेर काम गर्नुपर्छ । यसाे गर्दा समुदायकाे विकास हुन्छ ।


Read More
मेरो विद्यालय
- Anshuman Shah Thakuri - 32046 ... 06 June, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालयमा धेरै विद्यार्थीहरू पढ्छन् । मेरो विद्यालयमा एउटा ठुलो चौर छ । मेरो विद्यालयको चौरमा हामी भकुन्डाे खेल्छौँ । यहाँ कक्षा एकदेखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालय निकै सफा र सुन्दर छ । यहाँ विभिन्न कक्षाकोठाहरू छन् । हामी ती कक्षाकोठामा पढ्छाैँ र  लेख्छाैँ । यहाँ अतिरिक्त क्रियाकलापका लागि पनि कक्षाहरू छुट्याइएका छन् । विद्यालयमा हामी अतिरिक्त क्रियाकलापमा सामेल हुन्छाैँ । मेरो विद्यालयमा सबै शिक्षक शिक्षिकाहरू मायालु स्वभावका हुनुहुन्छ । मेरा साथीहरू मिलनसार र सहयोगी छन् । मलाई मेरो विद्यालयमा साथीहरूसँग फुटबल र बास्केटबल खेल खेल्न मन पर्छ । मेरो विद्यालयमा नेपाली, सामाजिक, अङ्ग्रेजी, गणित, विज्ञान, संस्कृत विषयको पढाइ हुन्छ । यहाँ मासिक पुस्तकका रूपमा एउटा नेपाली र एउटा अङ्ग्रेजी किताब पढ्न पाइन्छ जसले गर्दा मेरो पढ्ने बानीमा सुधार भएको छ । मलाई मेरो विद्यालय निकै मन पर्छ । मेरो विद्यालयमा हरेक शनिवार र आइतवार बिदा हुन्छ । यहाँ धेरै खेल्ने कुराहरू पनि छन् । मलाई सधैँ मेरो विद्यालय जान मन पर्छ किनकि मलाई मेरो विद्यालय धेरै प्यारो लाग्छ ।


Read More
गाैतम बुद्ध
- Dinisha Shiwakoti - 31042, Gr ... 05 June, 2023

एसियाका तारा गौतम बुद्धको जन्म  इशापूर्व ५६३ वैशाख शुक्ल  पूर्णिमाको दिनमा भएको थियो। उनको बाल्यकालको नाम सिद्धार्थ गौतम हो । उनकी आमाकाे नाम मायादेवी हो भने पिताको नाम शुद्धोधन हो। उनले १६ वर्षमा यशोधारासँग बिहे गरे र एक सुपुत्रलाई जन्माए, जसको नाम राखियो  राहुल । उनले २९ वर्षको उमेरमा त्यो परिवारको माया र दरबारिया सुख छोडेर गृह त्याग गरे । उनले गृह त्याग गर्नुको मुख्य कारण दुःख अन्त्यका उपायहरू थाहा पाउन थियो। त्यसैले उनले बोधगयमा गएर तपस्या गर्न थाले। तपस्या गर्न थालेको लगभग ६ वर्षपछि वैशाख शुक्ल पूर्णिमाकै दिनमा बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्त गरेपछि उनले उपदेशहरू दिन थाले। जसमा पञ्चशीलको उपदेश पनि एक हो।

 

पञ्चशीलको उपदेशमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु, र हिंसा नगर्नु पर्दछन्। उनको महापरिनिर्माण पनि वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।उनको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र  मृत्यु पनि वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएकाले वैशाख शुक्ल पूर्णिमाको दिनलाई हामीले बुद्ध जयन्तीको रूपमा मनाउँदै आएका छौं।


Read More