Logo

Student Corner

रमाइलाे हाइकिङ

Written by: Akshita Bhattarai - 32039, Grade IV

Posted on: 12 June, 2023

यही २०८० वैशाख २३ गते शनिवारको कुरा हो । मेरो बाबाले फर्पिङमा एउटा सानो हाइकिङको कार्यक्रम बनाउनुभयो । म, मेरा बाबा, आमा र हजुरबुबा गाडीमा फर्पिङको पानी पोखरी सम्म गयौँ। यो पोखरी नेपालको पहिलो र एशियाको दोस्रो जलबिद्युत परियोजनाको लागि बनाइएको जलाशय रहेछ । अहिले त्यो पानी पाटनमा पिउने पानीको रुपमा वितरण हुँदो रहेछ । पोखरीबाट पावरहाउस जाने बाटो ठाडो ओरालो रहेछ । एउटा रमाइलो कुरा चाहिँ हामी त्यहाँबाट हिँडेपछि दुइवटा कुकुरहरू पुच्छर हल्लाउँदै हामीसँगै त्यो ओरालोमा हिँडे । आधा बाटो हिँडेपछि हामीले एकजना बाजेले बाख्रा चराइराखेको भेट्यौँ । त्यहाँ साना बाख्राहरू देखेर मलाई एकदम खुसी लाग्यो । मैले एउटा सानो बाख्रालाई बोकेर खेल्न पनि पाएँ । त्यस पछि हामी ११० वर्ष पुरानो पावरहाउसमा पुग्यौँ र त्यहाँका सामानहरू हेर्‍याैँ । त्यही अलि पर त्यो परियोजना १०० वर्ष पुगेको सम्झनामा एउटा स्मारक बनाइएको रहेछ । हामी एकछिन त्यहाँ आराम गर्‍याैँ र फर्किन उकालो लाग्यौँ । उकालो चढ्न मलाई धेरै गाह्रो भयो । तर घुम्न पाएको भएर रमाइलो पनि लाग्यो ।