Logo

Student Corner

मेरो विद्यालय

Written by: Ruhjen Jung Khadka - 32014, Grade IV

Posted on: 08 June, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेराे विद्यालयमा धेरै भवनहरू छन् । यहाँ प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहकाे पढाइ हुन्छ । यहाँ उच्च शिक्षा लिनका लागि अध्ययन गर्ने अवसर पाइन्छ । मेरो विद्यालय सिफल काठमाडौँमा अवस्थित छ। म प्राथमिक तहमा पढ्छु। मेरो कक्षा माथिल्लो तलामा छ। मेरो कक्षाकोठा उज्यालाे र सफा छ । मेरो कक्षाकोठामा २३ जना विद्यार्थी छन् । मेरो कक्षाकोठाको भित्तामा चारवटा तस्विरहरू छन् र ती सुन्दर छन्। मेरो विद्यालयमा नेपालका विभिन्न जिल्लाका विभिन्न नामका भवनहरू छन् । यहाँ तीनवटा मैदान र टेबल टेनिस खेल्नका लागि छुट्टै ठाउँ छन् । दुईवटा चाैर हरियो रङको छ भने अर्को ठुलो जमिनमा रुख र फूलहरू छन् । हामी ठुलो मैदानमा फुटबल, बास्केटबल आदि जस्ता खेलहरू खेल्छौँ । हाम्रो विद्यालयमा विभिन्न प्रकारका अतिरिक्त पाठ्यक्रमका साथै विभिन्न  गतिविधि र खेलहरू खेलिन्छन् जस्तै, फुटबल, बास्केटबल, ब्याटमिन्टन, नाटक, योग, नृत्य, सङ्गीत, तेक्वान्डो, कोडिङ, आदि छन् । मेरो विद्यालयमा धेरै बसहरू छन् र तिनीहरू पहेँलो र सेतो रङका छन् । मेरो विद्यालयमा नृत्य कक्ष, सङ्गीत कक्ष, पढ्ने कक्षाकोठा, योग कक्ष, कार्य कक्ष, आदि विभिन्न गतिविधिहरूका लागि विभिन्न कोठाहरू छन् । हामीसँग एउटा पुस्तकालय पनि छ जहाँबाट म पढ्नका लागि विभिन्न पुस्तकहरू पाउन सक्छु । मलाई मेरो विद्यालय धेरै मन पर्छ र मलाई विद्यालय जान मन पर्छ।