Logo

Student Corner

गाैतम बुद्ध

Written by: Dinisha Shiwakoti - 31042, Grade V

Posted on: 05 June, 2023

एसियाका तारा गौतम बुद्धको जन्म  इशापूर्व ५६३ वैशाख शुक्ल  पूर्णिमाको दिनमा भएको थियो। उनको बाल्यकालको नाम सिद्धार्थ गौतम हो । उनकी आमाकाे नाम मायादेवी हो भने पिताको नाम शुद्धोधन हो। उनले १६ वर्षमा यशोधारासँग बिहे गरे र एक सुपुत्रलाई जन्माए, जसको नाम राखियो  राहुल । उनले २९ वर्षको उमेरमा त्यो परिवारको माया र दरबारिया सुख छोडेर गृह त्याग गरे । उनले गृह त्याग गर्नुको मुख्य कारण दुःख अन्त्यका उपायहरू थाहा पाउन थियो। त्यसैले उनले बोधगयमा गएर तपस्या गर्न थाले। तपस्या गर्न थालेको लगभग ६ वर्षपछि वैशाख शुक्ल पूर्णिमाकै दिनमा बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्त गरेपछि उनले उपदेशहरू दिन थाले। जसमा पञ्चशीलको उपदेश पनि एक हो।

 

पञ्चशीलको उपदेशमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु, र हिंसा नगर्नु पर्दछन्। उनको महापरिनिर्माण पनि वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।उनको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र  मृत्यु पनि वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएकाले वैशाख शुक्ल पूर्णिमाको दिनलाई हामीले बुद्ध जयन्तीको रूपमा मनाउँदै आएका छौं।