Logo

Student Corner

महाकवि लक्ष्मीप्रसाद देवकोटा

Written by: Revati Maharjan - 31051, Grade V

Posted on: 09 June, 2023

कविता लेख्ने मानिसलाई कवि भनिन्छ। हाम्रो देशमा पनि नाम चलेका कविहरू धेरै छन्। तीमध्ये लक्ष्मीप्रसाद देवकोटा पनि एक हुन् ।उनको जन्म वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मी पूजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनी लक्ष्मी पूजाको  दिन जन्मेकाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो। उनको न्वारनको नाम तीर्थमाधव देवकोटा हो। उनका बुबाको नाम तिलमाधव देवकोटा र आमाको नाम अमरराज्यलक्ष्मी देवकोटा हो ।
लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेर पनि चिनिन्छ । उनले कविता,खण्डकाव्य ,महाकाव्य र निबन्धका थुप्रै पुस्तकहरू लेखेका छन् । उनले दरबार हाई स्कुलमा पढ्ने मौका पाए । उनले त्रिचन्द्र कलेजबाट आई. ए र बी.ए. सजिलै पास गरे । लक्ष्मीप्रसादले सानै उमेरदेखि कविता लेख्न थालेका थिए । उनले कविता लेखेर गुरु गुरुआमालाई देखाउँथे । उनले केटाकेटीका लागि सुनको बिहानी , पुतली जस्ता कविताका किताबहरू पनि लेखेका छन्  । उनले लेखेको 'मुनामदन' भन्ने खण्डकाव्य  एकदम चर्चित छ  ।

लक्ष्मीप्रसाद देवकोटाको एउटा नराम्रो बानी थियो। उनी धेरै चुरोट खान्थे । त्यसले गर्दा उनलाई क्यान्सर रोग लाग्यो। उनको मृत्यु  विं.सं. २०१६ साल भदौ २९ गते भएको हो । उनी अहिले हामीमाझ छैनन् तर आफ्ना कृतिका कारणले गर्दा अमर छन् ।