Logo

Student Corner

समुदाय

Written by: Aashutosh Basnet - 31005, Grade V

Posted on: 15 June, 2023

 समुदायका मानिसहरूले एक अर्कालाई परेको बेलामा सहयोग गर्छन्।  समुदायको विकासका लागि उनीहरू मिलेर विभिन्न क्रियाकलापहरु गर्छन्।  त्यसैले उनीहरू एक अर्काप्रति निर्भर रहन्छन्। हामीलाई चाहिने विभिन्न ज्ञान, सिपहरु हामी समुदायबाटै  सिक्छौं। असल आचरण र अनुशासन पनि समुदायबाटै सिक्छौं। त्यसैले समुदायमा ‘हामी’ भन्ने भावना पाइन्छ।  यिनै कारणहरुले गर्दा हामी हाम्रो समुदायलाई माया र सम्मान गर्छौ। त्यसैले समुदायसँग हाम्रो अपनत्व जोडिएको हुन्छ।  
समुदायका महत्त्वहरू यी हुन् : 
- हाम्रो जिउधनको सुरक्षा गर्न ,
- दु:खसुख साट्न, मनोरन्जनका लागि, 
- चाडपर्व मनाउन र एक अर्कालाई परेको बेलामा सहयोग गर्न,
- हामीलाई नभई नहुने बाटोघाटो, पाटीपौवा, इनार कुवा आदि बनाउन,
- जीविकाका लागि विभिन्न पेसा जस्तै खेतीपाती, व्यापार व्यवसाय गर्न,

समुदायका सबै मानिसहरू मिलेर आफैँले पहाड खनेर मोटर आउने बाटो बनाउँछन । समुदायका सबै जना मिलेर इनार पनि खन्छन् ।  वृक्षारोपण पनि गर्छन्।  त्यस्तै समुदाय सबै मिलेर सामुदायिक भवन, स्वस्थ्य चौकी र विद्यालय भवन पनि बनाउँछन् ।  मन्दिर मर्मत पनि गर्छन् ।  त्यस्तै सबैजना मिलेर सहकारी पनि खोल्छन्। समुदायमा मानिसहरु पुल बनाउने, किनारको बाटो बनाउने काममा जुट्दछन्। समुदायकै अगुवाईमा मादव पदार्थ, घरेलु हिंसा, जुवा, तास विरुद्ध जनचेतना फैलाउने कम पनि गर्छन्।  
सामुदायिक कार्यको महत्त्व:

- समुदायका मानिसहरुको साझा आवश्यकताहरू पूरा हुने,
- समुदायका मानिसहरुको ज्ञान, सिप र क्षमता बढ्ने,
- रोजगारी वृद्धि हुने, स्वरोजगारीको अवसर निर्माण हुने र गरिबी घट्ने, 
- समुदायमा आपसी सहयोग, मेलमिलाप, प्रेमभाव र एकता बढ्ने,
- समुदाय र समाजमा शान्ति छाउने, विकास कार्य अघि बढाउन सजिलो हुने,
त्यसैले हरेक मानिसलै समुदाय निकै महत्त्वपूर्ण हुन्छ। यस बिना मानिसहरूले आफ्नो जीवन चलाउन निकै नै गाह्रो पर्दछ।