Logo

Student Corner

कालिन्चोक यात्रा

Written by: Ishani Chettri - 32010, Grade IV

Posted on: 14 June, 2023

बिहीवार मामा माइजू दादा र भाइ काठमाडौँ आउनुभयो । हामीले कालिञ्चोक जाने सल्लाह गर्‍याैँ । शुक्रवार बाह्र बजे कालिञ्चोक जान हामी हिँड्यौँ । हामी भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुपाल्चोकको खाडिचौरमा पुगेर खाजा खायौँ । बेलुका दोलखाको मकैबारी भन्ने ठाउँमा बस्याैँ । होटल नयाँ र राम्रो थियो । खाना पनि मिठो थियो । हामीहरूलाई खेल्ने ठाउँ पनि थियो । भोलिपल्ट बिहान कालिञ्चोक भगवतीको दर्शन गर्नका लागि गाडी रिजर्भ गरेर हामी कुरी पुग्यौँ । कुरीबाट केवल कार चढेर मन्दिर पुग्यौँ । बाबा र दादा हिँडेर पनि हामीभन्दा छिटो पुग्नुभयो किनकि केबुलकारमा लामो लाइन थियो । फर्कँदा म बाबासँग हिँडेर नै आएँ ।  त्यसपछि कुरी बजारबाट गाडी चढेर हामी हाेटल फर्कियौंँ । होटलमा खाना खाएर चरिकोट घुमेर घर फर्किँदा बाटोमा फोटो खिच्यौँ । बेलुका नगरकोटमा बस्यौँ । नगरकोटको होटलमा आगो बारेर मासु पोलेर खायौँ । मैले र बाबाले मासु पोल्याैँ । मामा माइजू र ममीले मासु खानुभयो । नगरकोटबाट रमाइलो गरेर हामी घर फर्कियौँ ।