Logo

Student Corner

मेरो पहिलो हवाइजहाज यात्रा

Written by: Akshita Bhattarai - 32039, Grade IV

Posted on: 20 June, 2023

कक्षा ३ सकिएपछिको बिदामा मैले पहिलो पटक हवाइजहाजमा चढेँ । त्यो हवाइजहाजमा जानुअगाडि मलाई धेरै कुरा दिमागमा आइरहेको थियो । म एकदमै खुसी थिएँ र धेरै उत्सुक पनि थिएँ । एयरपोर्टबाट विमानमा जाने बेलामा हामी एउटा बसमा चढेर गयौँ । विमानभित्र मलाई साह्रै राम्रो लाग्यो । परिचालिकाहरूले सिटबेल्ट लगाउने, प्लेनमा के गर्ने र के नगर्ने भनेर सबैलाई सिकाउने रहेछन् । त्यसपछि पाइलटले माइकमा बोलेर प्लेन उड्ने कुरा भन्नुभयाे । मेरो सिट झ्यालसँगै भएकोले मैले प्लेन उड्दा बाहिर हेर्न पाएँ । प्लेन उडेपछि मेरा कान चाहिँ बन्द भयो । एकछिन पछि झ्यालबाट बाहिर हेरेको त मैले  बादलहरू अलि तल हिमालहरू र धेरै तल जमिन देखेँ । हामी त आकाशमा पो रहेछौँ । मेरो सिटको अगाडि भएको ट्याब्लेटमा प्लेन उडेको हेर्न पनि मिल्ने रहेछ । त्यसपछिको केही समय खानामा र त्यही ट्याब्लेटमा कार्टुन हेर्दै सकियो । हवाइजहाजबाट ओर्लिने समय भइसकेछ । पाइलटले फेरि प्लेन ल्यान्ड हुने कुरा माइकमा भन्नुभयाे । अवतरण गर्दा भने मेरा कान साह्रै दुखेँ । पहिलो हवाइजहाज यात्रा त सकिसकेछ तर केही बेर एयरपोर्टमा बसेर फेरि अर्को प्लेन त चढ्न बाँकी नै थियो ।