Logo

Student Corner

समुदायमा सहभागिताको महत्त्व

Written by: Aariv Subedi - 31045, Grade V

Posted on: 19 June, 2023

मानिस सामाजिक प्राणी हो त्यसैले ऊ समाज‌मा बस्छ । गाउँ, सहर जुन ठाउँमा बसेपनि मानिसलाई समुदाय चाहिन्छ । समुदायमा बसेका मानिसहरुले सामुदायिक क्रियाकलापमा सहभागी हुन एकदमै जरुरी छ । जुन व्यक्ति सामुदायिक क्रियाकलापमा भाग लिँदैन, त्यसमा ‘हामी’ भन्ने भावना हुँदैन । त्यो व्यक्तिमा 'म' भन्ने भावना विकास हुन्छ । समुदायमा बसेपछि सबैसँग मिलेर बस्नुपर्छ । सबै जना मिलेर काम गर्दा अप्ठ्यारो काम पनि सजिलै गर्न सकिन्छ। बाटो बनाउन, गाउँ, टोल सफा गर्न, धारो बनाउन, खेतीपाती गर्न समुदायको आवश्यकता पर्दछ । हामीले अरूको मद्भत गर्यो भने अरूले पनि हाम्रो मद्भत गर्छन् । त्यसैले हामी सबैसँग मिल्नुपर्छ । सबै मिलेर काम गरेमा समुदाय राम्राे हुन्छ र समुदायकाे विकास हुन्छ ।