हरेक वर्ष मेरो विद्यालयले डियरवाक सिफल नाइट कार्यक्रमकाे आयोजना गर्छ । सिफल नाइट कार्यक्रमकाे लागि केही दिन अगाडिदेखि नै प्राक्टिस सुरु हुन्छ । नाटक, नृत्य, , योग, तेक्वान्दो सङ्गीत जस्ता थुप्रै कुरामा विद्यार्थीहरूले आफ्नाे प्रस्तुति दिन्छन् । म चाहिँ धेरै जसो नाटकमा छनाेट हुन्छु । मेराे नाटकमा अभिनय गर्ने कला एकदमै राम्राे छ भनेर सबैले भन्नुहुन्छ । सिफल नाइटमा धेरै रमाइलो हुन्छ । सिफल नाइटभन्दा अघिल्लाे दिन चाहिँ रिहल्सल पनि हुने गर्छ । रिहल्सलमा पुरै दिन पढाइ हुँदैन । दिनभरि प्राक्टिस हुन्छ । सिफल नाइटको दिन हामी आआफ्नो पोसाक लगाएर मेकअप गरेर तयार भई कक्षामा गएर बस्छौँ । हामीले त्यो दिन खाजाका रूपमा स्यानविज र केही फलफूल पनि पाउँछौँ । हामीले आफ्नो पालोअनुसार पालो आएपछि मञ्चमा गएर आफ्नाे प्रस्तुति दिने गर्दछौँ । हाम्रा अभिभावकहरू पनि सिफल नाइटमा हाम्राे प्रस्तुति हेर्न आउनुहुन्छ । विद्यालयले डियरवाक सिफल नाइट कार्यक्रम वर्षमा दुईपटक आयाेजना गर्दछ ।
We experience different weather throughout the year. Someday it's windy, some day sunny, rainy and sometimes, we experience different weather in a single day too.
People like checking weather on the internet to make sure they meet their needs depending upon what weather they are likely to experience that day. Weather affects lives in many different ways. From what we wear, what we eat, what we grow in our garden. There are different devices that help the experts detect the upcoming weather. It is very rare that the detection goes wrong. There are weather satellites that monitor Earth from space.
Generally, people in particular regions experience similar weather from year to year based on the seasons. This regular pattern of weather over extended periods of time is called the region's climate.
विवाह एक सामाजिक एवं सांस्कृतिक परम्परा हो । हरेक समुदायमा छाेराछाेरीकाे उमेर बढ्दै गएपछि विवाह गरिदिनु अनिवार्य जस्तै हो । विवाह एउटा सामाजिक कार्य हाे । जुन एकअर्काका परिवार बसेर गरिने महत्त्वपूर्ण निर्णय हो । यो निर्णय लिँदा पारिवारिक उपस्थिति एकदमै अनिवार्य हुन्छ । केटा पक्ष र केटी पक्ष बसेर एक अर्काको विश्वासमा गरिने परम्परागत शैली नै विवाह हो । विवाह एउटा अनौठो चलन हो जसमा एक अर्कालाई एकछिन बुझेर निर्णय गरिने एउटा संस्कार वा चलन हो । विवाहमा केटा पक्ष जन्ती लिएर केटीको घर जान्छन् । विवाह भएपछि केटी केटाको घरमा गएर आजीवन बस्नु पर्ने हुन्छ । बाहुन क्षेत्रीको विवाह निकै रमाइलो तथा भड्किलो पनि हुन्छ । जसमा आफन्तलाई भोज गर्नुका साथै केटी पक्षलाई लुगा फाटादेखि गरगहनासम्म सबैमा पैसा खर्च गर्नुपर्ने हुन्छ । दुई जनाको(केटा र केटी) सहमतिमा विवाहको टुङ्गाे लाग्दछ । बाहुन क्षेत्रीमा विभिन्न किसिमबाट विवाह गरिन्छ । मागी विवाह, भागी विवाह आदि । मागी विवाहमा दुई पक्ष बिच कुराकानी, केटा र केटी दुवैकाे आनीबानी बुझेर सहमतिमा गरिन्छ । यो दिन विवाह हो, यस दिन जन्ती आउने भनेर धेरै मानिसको आशीर्वाद लिएर गरिन्छ भने भागी विवाह केटा र केटीको आपसी सहमतिमा आफ्नै इच्छामा गरिन्छ ।
I have an aquarium. I have two fish living in my aquarium. I give them food everyday. I always wanted to have a pet. My parents brought these golden fish as my pets. I feed them everyday. We should not overfeed them because that can be risky to their lives. We should also be careful and maintain the temperature of water in the aquarium.
I feel happy seeing them swimming in the water. I spend a lot of time watching my pets swim. I wonder how they feel living in water. I wish they could talk to me.
The day before Fulpati, my dad excitedly said that we would be visiting Taudaha Lake the next day. Upon hearing this, I could not control my happiness and jumped up and down with joy. That night, I went to bed early, dreaming of visiting the lake the next day.
The next morning, after breakfast, my mom, as usual, prepared a healthy lunch for all of us. After lunch, we got ready for our outing. My dad called a Pathao taxi, and we hopped into the car while my mom captured beautiful videos of nature along the way. It was truly the happiest experience.
After a few hours, we started feeling hungry, and fortunately, there was a cafe near the lake entrance. We had delicious treats like kulfi, ice cream, pani puri, chatpate, a strawberry lassi, and three banana lassi. After satisfying our hunger, we fed the fish and explored the surroundings, taking pictures of the lake.
My sister was so happy as she ran around the lake. My dad worried about her safety and asked for my help, and being the fastest runner in the family, I swiftly brought her back. My mom praised my efforts, making the day even more enjoyable.
I also saw a rainbow over the lake; it looked wonderful. We continued feeding the fish, took a short break, and then took more pictures to capture the memories. As the day was passing quickly, we decided it was time to head back home and called a Pathao taxi once again.
Unfortunately, the smell of diesel in the taxi made my dad, my little sister, and me feel dizzy, and we felt like vomiting. My sister could not hold back and vomited.
After an hour, we reached home and rested. After a while, I went to a nearby shop to buy Fanta.
My father informed us that he had to meet someone, so after enjoying our Fanta, he left. Shortly afterward, my mom told my sister and me that we were going to buy vegetables in the nearby chowk. We agreed and went to the market, where my mom also surprised us with Kinderjoys.
Returning home, we found that my dad had already returned, and we all enjoyed a delicious dinner together. That day turned out to be the best day ever, filled with family, fun, and unforgettable moments.
दसैँ नेपालीहरूको महान चाड हो । नेपालका पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्म हिन्दूहरूले याे चाड खुसीका साथ मनाउँछन् । दसैँ असोज कात्तिक महिनामा पर्छ । दसैँमा विद्यालय र कार्यालयहरू पनि बिदा हुन्छ । दसैँमा जताततै हरियाली र रमाइलो हुन्छ । पढाइ र कामको सिलसिलामा टाढा-टाढा पुगेका मानिसहरू पनि दसैँमा घर आउँछन् । दसैँमा शक्तिकी देवी दुर्गा भवानीको पूजा गरिन्छ । दसैँको पहिलो दिन घटस्थापना हो । पहिलो दिन आआफ्नो घरकाे पूजाकोठामा जमरा राखेर दसैँको सुरुवात गरिन्छ । हरेक दिन बिहान दुर्गाभवानी र जमराको पूजा गरिन्छ । दसैँको पहिलो दिनदेखि नवौँ दिनसम्मलाई नौरथा पनि भनिन्छ । उक्त नौ दिन विभिन्न देवीको मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । दसैँको सातौँ दिनलाई सप्तमी भनिन्छ । यस दिन घरघरमा फूलपाती भित्र्याएर मनाइन्छ । दसैँको अन्तिम दिन विजयादशमी हो यस दिनमा आफूभन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ । विजयादशमीदेखि पूर्णिमासम्म मान्यजनको हातबाट टिका जमरा लगाउन इष्टमित्रको घरमा पनि जाने परम्परा छ । जसमा ठूलाबडाले टीका जमरा लगाएर नयाँ नयाँ नोट दक्षिणाको रुपमा दिने चलन छ । असत्यमाथि सत्यको विजय भएको खुसीमा यो चाड मनाउने गरिन्छ । यो चाडमा नयाँ नयाँ लुगा लगाउने र मिठो मिठो खानेकुरा खाने गरिन्छ । मलाई दसैँ चाड मनपर्छ ।
The five-day festival of lights is known as Tihar. We worship Laxmi, the goddess of wealth, in Tihar. On the first day, Kaag Tihar is the day of the crow. The second day, Kukur Tihar, is for worshipping the dogs as the agents of Yama. On the third day are Gai Tihar and Laxmi Puja. On this day, cows are offered prayers and food in the morning, and Goddess Laxmi is offered elaborate prayers and puja in the evening. Goddess Laxmi is welcomed into people’s homes by making a path of footprints leading into the house. All lights are kept on, and the doors and windows are kept open to let in the goddess. Rows of lamps are placed along windows and doors, with the strong hope that goddess Laxmi enters. The fourth day is for the draft animal, the oxen, when the Newari community also performs Mha Puja dedicated to oneself. The fifth day is Bhai Tika. It is when sisters put tika on their brothers’ foreheads, give blessings, and give gifts. Houses all over the country are lit up with extra lights. We can see the great view of Kathmandu city. People also make rangoli and decorate the rangoli very nicely in their house. People also sing, dance, and play deusi bhailo while playing deusi bhailo. We also earn some money and food. People and kids also play with tons of firecrackers.
हाम्रा चाडहरूमध्ये तिहार दोस्रो महत्त्वपूर्ण चाड हो । यो चाड दसैँपछि आउँछ । यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयाेदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन मनाइन्छ। तिहारको दिन सबैको घर झिलिमिली बत्ती र फूलमालाहरूले सजिएको हुन्छ । यो चाडलाई यमपञ्चक र दीपावलीको रुपमा पनि चिनिन्छ । नेपाल अधिराज्यभरका हिन्दुहरूले यो चाड धुमधामसँग मनाउँछन् । तिहारमा पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन लक्ष्मीपूजा वा गाईतिहार, चौथो दिन गोरुपूजा र पाँचौँ दिन भाइटीका हुन्छ । पहिलो दिन कागतिहार हो । यो दिन हामीहरू आफूले खाना खानुभन्दा अगाडि कागलाई खुवाउँछौँ । दोस्रो दिन कुकुर तिहार हो । यो दिन कुकुरलाई टीकामाला लगाइ पूजा गरेर मिठो मिठो खानेकुरा खान दिन्छौँ । तेस्रो दिन लक्ष्मीपूजा हो । यो दिन सरसफाइ गरेर बत्ती र फूलमालाले घर सजाएर लक्ष्मी भगवानको पूजा गर्छाैँ । यो दिन
केटीहरू घरघर गई भैली खेल्ने चलन छ । चौथो दिन गोरुपूजा हो । यो दिन गोरुपूजा गर्छाैँ । नेवारी समाजमा यो दिन म्हपूजा अथवा आफैँलाई पूजा गर्ने चलन छ । यो दिन केटाहरू घरघर गई देउसी खेल्ने छ । तिहारकाे पाँचौँ दिन भाइटीका हो । यो दिन दाजुभाइहरू आफ्नो दिदीबहिनीहरूको हातबाट निधारमा रङ्गीचङ्गी टीका र मखमली फूलको माला लगाएर शिरमा ढाका टोपी लगाउँछन् र दिदीबहिनीहरूलाई पैसा र उपहार दिन्छन् । मलाई तिहार मन पर्छ ।
रुजेन जङ्ग खड्का
वि.सं. १८७१ आषाढ २९ गतेका दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो। उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । दस बर्षको उमेरमा भानुभक्तको विवाह चन्द्रकान्तादेवीका साथ भएको थियो । विवाह भएको केही महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । लगत्तै उनको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवीसँग भयो ।
पछि उनै भानुभक्त नेपाली साहित्यमा आदिकविका नामले परिचित छन् । उनको अथक प्रयासले संस्कृतमा लेखिएको रामायण नेपाली भाषामा अनुवाद भयो । पछि युवाकवि मोतिराम भट्टले भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणलाई प्रकाशन गराए । यसपछि भने नेपालीमा लेखिएको रामायणलाई हरेकजसो नेपालीले लय हाली हाली कण्ठ पार्न थाले । धेरैका घरघरमा रामायण पुग्यो । भानुभक्तले यति मात्र गरेनन्, उनको समयमा नेपाली साहित्यले थप उर्जा प्राप्त गर्यो । उनका चर्चित रचनाहरूमा प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला जस्ता लघुकाव्य र रामायण महाकाव्य मुख्य छन् । यसरी नेपाली साहित्यका पुराना कवि भएकाले उनलाई आदिकवि भनिएको हो । उनको जीवनीसँग धेरै रोचक प्रसङ्गहरू जोडिएका छन् । एकपटक उनले एउटा घाँसीसँग भेटेका थिए । घाँसीले दिनभरि घाँस काटेको देखेपछि भानुभक्तले सोधे, ‘ घाँसी तिमी यो घाँसले के गर्छौ ?’ जवाफमा घाँसीले आफूले काटेको घाँस बेचेर नजिकै एउटा कुवा खनाएको बतायो । घाँसी आफैं गरिब थियो, तैपनि उसको समाजसेवा आफैंमा उदाहरणीय पनि थियो । घाँसीले घाँसदाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको जानकारी भानुभक्तलाई दिए । घाँसीको कुराले भानुभक्तको मन छोयो अनि उनले कविता लेखे । अहिले पनि तनहुँमा घाँसीकुवा रहेको छ । उनी मरेर गएपनि नेपाली साहित्यलाई अतुलनीय योगदान दिएर गएका छन् । उनको प्रेरणादायी जीवनीबाट हरेक नेपालीले धेरै कुरा सिक्न सकिने छ । यस्ता महान् व्यक्तिको वि.सं. १९२५ आश्विन शुक्ल पञ्चमीका दिन ५४ बर्षको उमेरमा निधन भयो ।
My uncle’s name is Shreejan Shrestha. He is thirty- seven years old. He lives in Australia. He comes to Nepal every two to three years. He is very loving and caring. He is very kind too. His hobbies are singing, dancing and travelling.
I love playing with him and enjoy his company. He loves me a lot. Whenever he comes to Nepal, he brings a lot of chocolates and wonderful gifts to all of us.
My uncle is very hardworking. He owns a restaurant. He believes that hardworking people will always become successful.
"As the Gods Will" is a Japanese movie where school students are compelled to participate in childhood games, such as Red Light, Green Light. The movie consists of five classes, each with its own unique game:
1st Period: Move, and You Are Dead
In the first period, the teacher's head explodes, revealing a Daruma doll. Anyone who moves risks having their head blown up. A button behind the doll promises salvation, but it is not an easy task to press it. Only when two participants remain does someone manage to press the button and emerge victorious.
2nd Period: Scratch My Back
Unexpectedly, a Japanese cat emerges from the floor, targeting those in rat costumes. The students discover a bell that must be shot at the cat's neck to survive.
3rd Period: Kagome Kagome
Four Kokeshi dolls announce that they are playing Kagome Kagome, a Japanese game where players guess who is behind them. Two students die before the dolls self-destruct.
4th Period: I Hate Liars
A white bear on a skateboard confronts the students, demanding truth or death. Two students die for supposedly lying. Eventually, it is revealed that the bear was a liar, as it was, in fact, a black bear.
5th Period: Kick the Can
Five surviving students play a game where one becomes the devil, and the rest must hide. If caught, they go to a cell. Surprisingly, everyone survives, and they all receive popsicles. Three popsicles predict death, while two promise life.
God's Children
The two students who survive are considered God's children. An explanation unfolds: those who survive are labelled as God's children, while those who perish are deemed evil.
Overall, "As the Gods Will" presents a thrilling narrative, with each period introducing unique challenges. It has unexpected twists and turns, which makes it interesting.
तिहार हाम्रा चाडहरूमध्ये दोस्रो महत्त्वपूर्ण चाड हो । तिहार हिन्दुहरूले मनाउने मुख्य चाडमा पर्छ । यो चाडमा सबैलाई बिदा हुन्छ । तिहारमा स्कुल पनि बिदा हुन्छ । यो चाड पाँचदिनसम्म मनाइन्छ । पहिलो दिनका कागकाे पूजा गरिन्छ । दोस्रो दिन कुकुरकाे पूजा गरिन्छ । तेस्रो दिन लक्ष्मीपूजा वा गाई तिहार चौथो दिन गोरु पूजा र पाँचौँ दिन भाइटीका गरिन्छ । तिहारमा देउसी भैली खेलिन्छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाइदिन्छन् । तिहारमा सबैतिर झिलिमिली हुन्छ । तिहारमा मात्र सप्तरङ्गी टीका र मखमली फूलको माला लगाइन्छ । तिहारमा टीका लगाइसकेपछि दक्षिणा दिइन्छ । तिहारलाई दीपावली पनि भनिन्छ । तिहारमा मिठा मिठा खानेकुरा खान पाउने भएकाेले मलाई तिहार मन पर्छ ।