Logo

Student Corner

तिहार

Written by: Ruhjen Jung Khadka - 32014, Grade IV

Posted on: 22 November, 2023

 हाम्रा चाडहरूमध्ये तिहार दोस्रो महत्त्वपूर्ण चाड हो । यो चाड दसैँपछि आउँछ । यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयाेदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन मनाइन्छ। तिहारको दिन सबैको घर झिलिमिली बत्ती र फूलमालाहरूले सजिएको हुन्छ । यो चाडलाई यमपञ्चक र दीपावलीको रुपमा पनि चिनिन्छ । नेपाल अधिराज्यभरका हिन्दुहरूले यो चाड धुमधामसँग मनाउँछन् । तिहारमा पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन लक्ष्मीपूजा वा गाईतिहार, चौथो दिन गोरुपूजा र पाँचौँ दिन भाइटीका हुन्छ । पहिलो दिन कागतिहार हो । यो दिन हामीहरू आफूले खाना खानुभन्दा अगाडि कागलाई खुवाउँछौँ । दोस्रो दिन कुकुर तिहार हो । यो दिन कुकुरलाई टीकामाला लगाइ पूजा गरेर  मिठो मिठो खानेकुरा खान दिन्छौँ । तेस्रो दिन लक्ष्मीपूजा हो । यो दिन सरसफाइ गरेर बत्ती र फूलमालाले घर सजाएर लक्ष्मी भगवानको पूजा गर्छाैँ । यो दिन 

केटीहरू घरघर गई भैली खेल्ने चलन छ । चौथो दिन गोरुपूजा हो । यो दिन गोरुपूजा गर्छाैँ । नेवारी समाजमा यो दिन म्हपूजा अथवा आफैँलाई पूजा गर्ने चलन छ । यो दिन केटाहरू घरघर गई देउसी खेल्ने छ । तिहारकाे पाँचौँ दिन भाइटीका हो । यो दिन दाजुभाइहरू आफ्नो दिदीबहिनीहरूको हातबाट निधारमा रङ्गीचङ्गी टीका र मखमली फूलको माला लगाएर शिरमा ढाका टोपी लगाउँछन् र  दिदीबहिनीहरूलाई पैसा र उपहार दिन्छन् । मलाई तिहार मन पर्छ ।

रुजेन जङ्ग खड्का