Logo

Student Corner

विवाह

Written by: Ritvik Singh Bhandari - 31039, Grade V

Posted on: 24 November, 2023

विवाह एक सामाजिक एवं सांस्कृतिक परम्परा हो । हरेक समुदायमा छाेराछाेरीकाे उमेर बढ्दै गएपछि विवाह गरिदिनु अनिवार्य जस्तै हो । विवाह एउटा सामाजिक कार्य हाे । जुन एकअर्काका परिवार बसेर गरिने महत्त्वपूर्ण निर्णय हो । यो निर्णय लिँदा पारिवारिक उपस्थिति एकदमै अनिवार्य हुन्छ । केटा पक्ष र केटी पक्ष बसेर एक अर्काको विश्वासमा गरिने परम्परागत शैली नै विवाह हो । विवाह एउटा अनौठो चलन हो जसमा एक अर्कालाई एकछिन बुझेर निर्णय गरिने एउटा संस्कार वा चलन हो । विवाहमा केटा पक्ष जन्ती लिएर केटीको घर जान्छन् । विवाह भएपछि केटी  केटाको घरमा गएर आजीवन बस्नु पर्ने हुन्छ । बाहुन क्षेत्रीको विवाह निकै रमाइलो तथा भड्किलो पनि हुन्छ । जसमा आफन्तलाई भोज गर्नुका साथै केटी पक्षलाई लुगा फाटादेखि गरगहनासम्म सबैमा  पैसा खर्च गर्नुपर्ने हुन्छ । दुई जनाको(केटा र केटी) सहमतिमा विवाहको टुङ्गाे लाग्दछ । बाहुन क्षेत्रीमा विभिन्न किसिमबाट विवाह गरिन्छ ।  मागी विवाह, भागी विवाह आदि  । मागी विवाहमा दुई पक्ष बिच कुराकानी, केटा र केटी दुवैकाे आनीबानी बुझेर सहमतिमा गरिन्छ । यो दिन विवाह हो, यस दिन जन्ती आउने भनेर धेरै मानिसको आशीर्वाद लिएर गरिन्छ भने भागी विवाह केटा र केटीको आपसी सहमतिमा आफ्नै इच्छामा गरिन्छ ।