Logo

Student Corner

तिहार

Written by: Eshana Oli - 32007, Grade IV

Posted on: 20 November, 2023

तिहार हाम्रा चाडहरूमध्ये दोस्रो महत्त्वपूर्ण चाड हो । तिहार हिन्दुहरूले मनाउने मुख्य  चाडमा पर्छ । यो चाडमा सबैलाई बिदा हुन्छ । तिहारमा स्कुल पनि बिदा हुन्छ । यो चाड पाँचदिनसम्म मनाइन्छ । पहिलो दिनका कागकाे पूजा गरिन्छ । दोस्रो दिन कुकुरकाे पूजा गरिन्छ । तेस्रो दिन लक्ष्मीपूजा वा गाई तिहार चौथो दिन गोरु पूजा र पाँचौँ दिन भाइटीका गरिन्छ । तिहारमा देउसी भैली खेलिन्छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाइदिन्छन् । तिहारमा सबैतिर झिलिमिली हुन्छ । तिहारमा मात्र सप्तरङ्गी टीका र मखमली फूलको माला लगाइन्छ । तिहारमा टीका लगाइसकेपछि दक्षिणा दिइन्छ । तिहारलाई दीपावली पनि भनिन्छ । तिहारमा मिठा मिठा खानेकुरा खान पाउने भएकाेले मलाई तिहार मन पर्छ ।