Logo

Student Corner

दसैँ

Written by: Prapya Mishra - 32049, Grade IV

Posted on: 24 November, 2023

दसैँ नेपालीहरूको महान चाड हो । नेपालका पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्म हिन्दूहरूले याे चाड खुसीका साथ मनाउँछन् । दसैँ असोज कात्तिक महिनामा पर्छ । दसैँमा विद्यालय र कार्यालयहरू पनि बिदा हुन्छ । दसैँमा जताततै हरियाली र रमाइलो हुन्छ । पढाइ र कामको सिलसिलामा टाढा-टाढा पुगेका मानिसहरू पनि दसैँमा घर आउँछन् । दसैँमा शक्तिकी देवी दुर्गा भवानीको पूजा गरिन्छ । दसैँको पहिलो दिन घटस्थापना हो । पहिलो दिन आआफ्नो घरकाे पूजाकोठामा जमरा राखेर दसैँको सुरुवात गरिन्छ । हरेक दिन बिहान दुर्गाभवानी र जमराको पूजा गरिन्छ । दसैँको पहिलो दिनदेखि नवौँ दिनसम्मलाई नौरथा पनि भनिन्छ । उक्त नौ दिन विभिन्न देवीको मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । दसैँको सातौँ दिनलाई सप्तमी भनिन्छ । यस दिन घरघरमा फूलपाती भित्र्याएर मनाइन्छ । दसैँको अन्तिम दिन विजयादशमी हो यस दिनमा आफूभन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ । विजयादशमीदेखि पूर्णिमासम्म मान्यजनको हातबाट टिका जमरा लगाउन इष्टमित्रको घरमा पनि जाने परम्परा छ । जसमा ठूलाबडाले टीका जमरा लगाएर नयाँ नयाँ नोट दक्षिणाको रुपमा दिने चलन छ । असत्यमाथि सत्यको विजय भएको खुसीमा यो चाड मनाउने गरिन्छ । यो चाडमा नयाँ नयाँ लुगा लगाउने र मिठो मिठो खानेकुरा खाने गरिन्छ । मलाई दसैँ चाड मनपर्छ ।