Logo

Student Corner

डियरवाक सिफल नाइट

Written by: Sadagi Koirala - 31026, Grade V

Posted on: 27 November, 2023

हरेक वर्ष मेरो विद्यालयले डियरवाक सिफल नाइट कार्यक्रमकाे आयोजना गर्छ । सिफल नाइट कार्यक्रमकाे लागि केही दिन अगाडिदेखि नै प्राक्टिस सुरु हुन्छ ।  नाटक, नृत्य, , योग,  तेक्वान्दो सङ्गीत जस्ता थुप्रै कुरामा  विद्यार्थीहरूले आफ्नाे प्रस्तुति दिन्छन्  । म चाहिँ धेरै जसो नाटकमा छनाेट हुन्छु । मेराे नाटकमा अभिनय गर्ने कला एकदमै राम्राे छ भनेर सबैले भन्नुहुन्छ । सिफल नाइटमा धेरै रमाइलो हुन्छ । सिफल नाइटभन्दा  अघिल्लाे दिन चाहिँ रिहल्सल पनि  हुने गर्छ । रिहल्सलमा पुरै दिन पढाइ  हुँदैन । दिनभरि प्राक्टिस हुन्छ । सिफल नाइटको दिन हामी आआफ्नो पोसाक लगाएर मेकअप गरेर तयार भई कक्षामा गएर  बस्छौँ । हामीले त्यो दिन खाजाका रूपमा  स्यानविज  र केही फलफूल पनि पाउँछौँ । हामीले आफ्नो पालोअनुसार पालो आएपछि मञ्चमा गएर आफ्नाे प्रस्तुति दिने गर्दछौँ । हाम्रा अभिभावकहरू पनि सिफल नाइटमा हाम्राे प्रस्तुति हेर्न आउनुहुन्छ ।  विद्यालयले डियरवाक सिफल नाइट कार्यक्रम वर्षमा दुईपटक आयाेजना गर्दछ ।