Logo

Student Corner

मेरी सानी पुतली

Written by: Prathana Kshetri - 2028025, Grade IV

Posted on: 18 January, 2021

मेरी सानी पुतली

बस्छे मेरो मनभरि

खेल्दा  मेरो साथी हो

घुम्दा मेरो  प्यारी हो ।

 

लामो लामो कपाल छ

धेरै राम्रो पोसाक छ

ठुला ठुला आँखामा

कालो  राम्रो गाजल छ ।


 

कति राम्री पुतली

बस्छे मेरो मनभरि

तिमी नाच पुतली 

म बजाउछु मादल ।

 

उफ्री उफ्री खेल है

राम्राे बानी बसाल

मिलीजुली खेलाैँन

सबकाे मनमा बसाैँ न ।

 

मेरी साथी पुतली 

बस्छे मेराे मनभरि ।