Logo

Student Corner

माघेसङ्क्रान्ति

Written by: Prapya Mishra - 32049, Grade V

Posted on: 06 May, 2024

माघ महिनाको १ गते

माघी पर्व मनाउँछौँ

घिउ, चाकु, तरुल र लड्डु हाली

रिकापी सजाउँछौँ

जाडाेयामकाे चिसाे भगाउन

माघीमा खिचडी खान्छाैँ 

कहिले यो चाड घरमै मनाउँछौँ त 

कहिले मामाघर जान्छौँ

घिउ, चाकु, तरुल र लड्डु 

यो दिनमा खाइन्छ 

शरीरलाई फाइदा गर्ने तत्व यसमा पाइन्छ॥