Logo

Student Corner

सजीव र निर्जीव वस्तुहरू

Written by: Ujjwol Dhakal - 33023, Grade IV

Posted on: 03 May, 2024

सजीव वस्तु भनेको प्रजनन् कार्य गर्न सक्ने, गति भएको, वृद्धि हुने जस्ता गुण भएका वस्तुहरू हुन् । सजीव वस्तुहरूले सास फेर्छन् । सजीव वस्तुहरूलाई बाँच्नका लागि धेरै खाना र पानीको आवश्यकता पर्दछ । गाईवस्तु, किरा फट्याङ्ग्रा, चराहरू आदिको चाल हुन्छ । यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन् तर बोट बिरुवाको भने चाल हुँदैन । सजीवहरूको वृद्धि हुन्छ। सन्तान उत्पादन गर्छन् । कुनै जनावरहरूले अन्नबाली र घाँसपात मात्र खान्छन् भने कुनै जनावरहरूले मासु पनि खान्छन्।  बोट बिरुवाले प्रकाशको सहायताले आफ्नो खाना आफैँ बनाउँछ । कुनै जनावरहरू जमिनमा बस्छन्। कुनै जनावरहरू पानीमा बस्छन् र कुनै आकाशमा उड्ने गर्दछन् । जनावरहरूले अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड फाल्छन् । बिरुवाहरूले कार्बन डाइअक्साइड लिन्छन् र अक्सिजन फाल्छन् । सजीव वस्तुहरू जस्तैः गाई,  कुकुर,  परेवा,  माछा,  सर्प,  सयपत्री आदि हुन् । जुन वस्तुको चाल, वृद्धि र गति हुँदैन त्यस्ता वस्तुहरू निर्जीव वस्तुहरू हुन्। निर्जीवले सास फेर्न सक्दैन । निर्जीवलाई खानाको आवश्यकता पर्दैन । निर्जीव वस्तुहरूको चाल, वृद्धि, गति केही पनि हुँदैन । निर्जीव वस्तुहरूले सन्तान उत्पादन गर्दैनन् । निर्जीव वस्तुहरू जस्तैः घर, साइकल, माटो, ढुङ्गा, सिसाकलम, किताब आदि हुन् ।