Logo

Student Corner

हाम्रो देश नेपाल

Written by: Pranik K.C - 33025, Grade II

Posted on: 08 November, 2022

हाम्रो देश नेपाल सृष्टिकै सुन्दर रचना हो । रङ्गीचङ्गी फूलहरूको साझा फूलबारी हाम्रो देश नेपाल हो । यो एउटा प्राकृतिक वातावरणले सजिएको सुन्दर शान्त मुलुक हो । नेपाल धर्म, संस्कृति, कला र साहित्यको धनी देश हो । यहाँ बहुजाति तथा विभिन्न धर्म संस्कृतिका मानिसहरू बसोबास गर्दछन् । यहाँ धेरै किसिमका मानिसहरू छन् त्यसैले नेपाललाई चार जात छत्तिस वर्णको साझा फूलबारी मानिन्छ ।