Logo

Student Corner

Articles

मेरो परिवार
- Aayan Bhattarrai - 33037, Gra ... 09 June, 2023

मेरो घरमा पाँचजना सदस्य हुनुहुन्छ । मेरो परिवारमा बुबा, आमा, दिदी, भाइ र म छाैँ । मेरो बुबाको नाम रामप्रसाद भट्टराई हो । उहाँ ३९ वर्षको हुनुहुन्छ । उहाँकाे बैंकमा जागिर छ । मेरी आमा ३६ वर्षकी हुनुहुन्छ । उहाँ पनि बैंकमा काम गर्नुहुन्छ । मेरी दिदी २३ वर्षकी हुनुभयाे । उहाँ विद्यार्थी हुनुहुन्छ । बुबा, आमा र दिदीले मलाई धेरै माया गर्नुहुन्छ । मेरो भाइ सानो छ । ऊ २० महिनाको मात्र भयो । ऊ धेरै चकचक गर्छ । ऊ मायालु पनि छ । म ठुलालाई आदर गर्छु । सानालाई माया गरेर आफ्ना नियमित कार्यहरू इमान्दारीका साथ गर्छु । मेरो परिवारको पनि यही मान्यता रहेको छ ।


Read More
मेराे गाउँ
- Aarogya Ghimire - 34004, Grad ... 08 June, 2023

मेरो गाउँ रामेछाप जिल्लामा पर्छ। मेरो गाउँको नाम बाबियाखर्क हो। मलाई मेराे  विद्यालयमा बिदा हुँदा गाउँ जान मन पर्छ। गाउँमा बुबा र आमा बस्नुहुन्छ। मेरो गाउँमा गाई भैँसी र बाख्राहरू छन्। मलाई गाई भैँसीलाई घाँस दिन मन पर्छ। मलाई आमासँग बारीमा घाँस काट्न जान पनि मन पर्छ। बुबाले भैँसीको दुध दुहुनुहुन्छ। भैँसीले धेरै दुध दिन्छ। दुधबाट दही, मही, नौनी, घ्यू बन्छ। मलाई दुध, दही, मही र घ्यू खाना मन पर्छ। म गाउँ गएको बेला बुबासँग बल खेल्छु। म बिदा भएकाे बेलामा फेरि गाउँ जान्छु । मेराे गाउँ सुन्दरताले भरिएकाे छ। मलाई मेराे गाउँ असाध्यै मन पर्छ।


Read More