Logo

Student Corner

मेरो परिवार

Written by: Pranik K.C - 33025, Grade III

Posted on: 27 June, 2023

मेरो परिवारमा सात जना सदस्यहरू हुनुहुन्छ । हामी परिवारमा हजुरबुबा, हजुरआमा, आमा, बुबा, काका, काकी, म र भाइ बस्छौँ । हाम्रो परिवारमा सबैभन्दा ठुलो सदस्य हजुरबुबा हुनुहुन्छ । हजुरबुबा र हजुरआमाले व्यापार गर्नुहुन्छ । मेरी आमा गृहिणी हुनुहुन्छ  । काकाले हजुरबुबा र हजुरआमालाई व्यापारमा सघाउनु हुन्छ । मेरो सानो भाइ छ । ऊ सबैको प्यारो छ । म भाइसँग धेरै खेल्छु । म विद्यालय जान्छु । मेरो बुबा इन्जिनियर हुनुहुन्छ । मलाई मेरो बुबाले गृहकार्यहरू सिकाउनुहुन्छ । म मेरो परिवारका सदस्यलाई धेरै माया गर्छु ।