Logo

Student Corner

Articles

सिंह र खरायो
- Aarfa Shakya - 34003, Grade I ... 22 June, 2023

कुनै ठाउँमा एउटा जङ्गल थियो। जङ्गलको राजा सिंह थियो। सिंहले मनपरी ढंगले जनावर  मारेर खान्थ्यो। एकदिन सबै जनावर भेला भएर पालैपालो सिंहको आहारा हुन जाने सल्लाह भयो। यो कुरा सुनेर सिंह पनि खुसी भयो। जनावरहरू आ-आफ्नाे पालामा सिंहको आहारा हुन जान थाले। एकदिन खरायोको पालो आयो। सिंहको आहारा बन्न जाने नै हो भनेर खरायो ढिला गयाे। खरायो ढिला आएकोले सिंहलाई धेरै रिस उठ्यो। रिसाएको सिंहले किन ढिला आएको भनी साेध्याे। खरायोले भन्याे, “हजुर जस्तै सिंहले बाटाेमा  मलाई समायो। मलाई खान्छु भन्यो म हजुरलाई भेटेर आउँछु भनि आएकोले ढिला भयो।” सिंहले अझै रिसाउँदै अर्को सिंह कहाँ लैजान भन्यो ।खरायोले सिंहलाई बाटोमा एउटा इनार देखाएर अर्को सिंह भित्र लुकेर बसेको छ भन्यो। सिंहले यस भित्र हेर्दा अर्को सिंह देख्याे। सिंह आफ्नो छाया नचिनेर त्यसलाई मार्न इनारमा  हाम फाल्यो र डुब्यो। अरु जनावरहरूले खरायोलाई स्याबासी दिए ।


Read More
मेराे हजुरबुबा
- Vedanga Aryal - 34018, Grade ... 20 June, 2023

मेराे हजुरबुबाकाे नाम पुन्य प्रसाद अर्याल हाे । उहाँ हाम्राे परिवारकाे मुखिया हुनुहुन्छ । उहाँलाई दाेैरा सुरुवाल ढाकाकाे टाेपी लगाउन मन पर्छ । उहाँलाई धार्मिक पुस्तक पढ्न मन लाग्छ । उहाँले मलाई सधैँ राम्राे,असल, मिहिनेती र अनुशासित मानिस बन्नुपर्छ भनेर प्रेरणा दिनुहुन्छ । उहाँले मलाई धेरै माया गर्नुहुन्छ। उहाँले मलाई मन्दिरमा  दर्शन गर्न लानुहुन्छ। मलाई उहाँसँग समय बिताउन ,खेल्न र ज्ञानगुनका कुरा सिक्न धेरै मन पर्छ । दसैँमा हामी सबैजना उहाँबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्छाैँ । हामी सबैजना उहाँलाई धेरै माया गछाैँ । हाम्राे हजुरबुबा हामीसबैका आँखाका ज्याेति हुनुहुन्छ । 


Read More