Logo

Student Corner

सगरमाथा

Written by: Suruchi Bimali - 34026, Grade II

Posted on: 28 July, 2023

हाम्रो देश नेपालमा धेरै अग्ला अग्ला हिमालहरू छन् । त्यसमध्येको एउटा सगरमाथा हो । सगरमाथा हामी सबै नेपालीको पहिचान हो । सगरमाथा हाम्रो देशको गौरव हो । सगरमाथा संसारभरिकै सबैभन्दा अग्लो हिमाल हाे । यसको उचाई ८८४८.८६ मिटर रहेको छ । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । सगरमाथा जाँदाखेरि नाम्चेबजार भएर जानुपर्छ । नाम्चेबजार अत्यन्त रमणीय ठाउँ हाे । सगरमाथाको छेउमा कञ्चनजङ्घा, ह्लाेत्से, गौरीशंकर र अरु थुप्रै सुन्दर हिमालहरू छन् । यी सम्पूर्ण मनमोहक हिमश्रृंखलाहरूले हाम्रो देशको प्राकृतिक सुन्दरतालाई बढाएको छ । सगरमाथा विश्वभरिनै प्रसिद्ध छ ।