Logo

Student Corner

Articles

सिफल नाइट
- Shaswat Poudel - 33036, Grade ... 29 September, 2023

हाम्रो विद्यालयमा साउन १९ गते कक्षा ३ र ४ का विद्यार्थीहरूकाे सिफल नाइटमा कार्यक्रम सम्पन्न भएको थियो । हामीहरू डियरवाक कम्प्लेक्समा गएर सगरमाथा हलमा कार्यक्रम गरेका थियौँ । हाम्रो परिवारलाई पनि कार्यक्रममा बोलाइएको थियो । त्यस कार्यक्रममा हामी कक्षा ३ नीलगिरिले ‘कटन आइस’ भन्ने अङ्ग्रेजी गीतमा नाचेका र सिमसिमे पानी भन्ने गीत गाएका थियौँ । त्यस कार्यक्रम जित र हारको कार्यक्रम थिएन । सिफल नाइटमा हामीले विद्यालयमा जे सिकेका छौँ त्यही नै देखाउने हो । कक्षा ३ र ४ का विद्यार्थीहरूले नृत्य, सङ्गीत, नाटक, चित्रकला, आइ.टि.एफ, कवितावाचन, चुटकिला आदि जस्ता विभिन्न कार्यक्रममा भाग लिएका थिए । मैले यसपटक सामूहिक नृत्य र गीतमा मात्र भाग लिएको थिएँ र अर्कोपटक सिफल नाइटमा फेरि धेरै कार्यक्रममा भाग लिने प्रयास गर्नेछु । यसका लागि मलाई गुरुहरूले सहयोग गर्नुहुन्छ भन्ने आशा लिएको छु । मेरो परिवारले पनि उक्त कार्यक्रम रमाइलो मान्नुभयो । मलाई सबैभन्दा मन परेको कार्यक्रम हाम्रै कक्षाको सामूहिक नृत्य थियो । हाम्रा सबै गुरुहरूको सहयोग र हाम्रो मिहिनेतले गर्दा नै सिफल नाइट सफल भएकाे थियाे । 


 


Read More
मेरो कुकुर
- Yug Shrestha - 33034, Grade I ... 27 September, 2023

मेरो घरमा एउटा सानो कुकुर छ । उसकाे नाम सिन्चा हाे । सिन्चा अहिले दश वर्षको भयो । उसलाई मासु असाध्यै मन पर्छ । म स्कुलबाट फर्केपछि मलाई पछ्याइ रहन्छ । मेरो हात चाटेर मलाई माया गर्छ । नचिनेको मानिसको स्वर सुन्यो भने ठुलो आवाजले भुक्छ । सिन्चा  सेतो रङको कुकुर हो । सिन्चा जापानिज स्पिच कुकुर हाे । हामी सिन्चालाई वर्षको एकचोटि भ्याक्सिन लगाइदिन्छाैँ । नुहाउने समयमा ऊ भाग्छ तर समातेपछि ज्ञानी भएर नुहाउँछ । ज्ञानी भएर नुहाउने भएकोले हामी सिन्चालाई चिज दिन्छौँ । बेलुन फुटेर र पटका पट्काउँदा ऊ तर्सिएर टेबलमुनि लुक्न जान्छ । सिन्चालाई म धेरै माया गर्छु । उसले पनि मलाई मन पराएर पछ्याइ रहन्छ ।


Read More