Logo

Student Corner

Articles

रायोको साग उत्पादन प्रक्रिया
- Aadhya Dhungana - 33001, Grad ... 12 September, 2023

रायाेकाे साग उत्पादन गर्न सजिलो हुन्छ । सबैभन्दा पहिला रायाेको गेडा माटाेमा छर्नुपर्छ । माटाेलाई खुकुलाे बनाउनका लागि खनेर माटाेलाई मसिनो बनाउनुपर्छ ।  त्यस माटोमाथि रायाेकाे गेडा छर्नुपर्छ । यस माटोमाथि मल राखेर कुटोको सहयोगमा गेडा राम्रोसँग माटोमा पुर्नुपर्छ । १५ दिनसम्म दिनको एकपटक पानी हाल्नुपर्छ । त्यसपछि रायाेको बेर्ना तयार हुन्छ । अब बेर्नालाई मलिलो माटो भएको सम्म ठाउँमा रोप्नुपर्छ । बिरुवा बढ्दै जाँदा पातहरू ठुला हुने भएकाले बेर्ना अलि फराकिलो दुरीमा सार्नुपर्छ । बेलाबेलामा गोडमेल गरेपछि एक महिनामा रायाेकाे साग खानाका लागि तयार हुन्छ ।


Read More
केरा उत्पादन प्रक्रिया
- Aarambha Pant - 33003, Grade ... 08 September, 2023

केरा फलाउनका लागि सबैभन्दा पहिला एउटा खाल्डो तयार पार्नुपर्छ । पाकेको गाेबरलाई त्यस खाल्डोमा हालेर माटो र गाेबरलाई मिसाउनुपर्छ । केराको बिरुवालाई खाल्डाेमा हालेर माटोले राम्ररी पुरेर रोप्नुपर्छ । बिस्तारै केराको बोट ठुलो हुँदै जान्छ । बोट ठुलो भएपछि फल लाग्न थाल्दछ । फलकाे  तल एक प्रकारको फूल फुल्छ जसलाई बुङ्गो भनिन्छ । त्यसलाई अचार बनाएर खान सकिन्छ । केरा नेपालको धेरैजसो ठाउँमा पाइन्छ। तराईमा धेरै केरा फल्दछ । केरा धेरै प्रकारका हुन्छन् । नपाकेकाे केरा हरियाे हुन्छ र खाँदा टर्राे हुन्छ । पाकेकाे केरा पहेँलाे हुन्छ र खाँदा मिठाे र गुलियाे हुन्छ ।


Read More