Logo

Student Corner

Articles

मेरो नयाँ जुत्ता
- Hitaksh Agrawal - 34028, Grad ... 20 September, 2023

 मसँग खेल्दा लगाउने जुत्ता थिएन । मलाई नयाँ जुत्ता चाहिएकाे थियाे । त्यसैले म मेरी आमा र दाजुसँग जुत्ता किन्न बजारमा गएँ । त्यहाँ विभिन्न किसिमका जुत्ता थिए । त्यसमध्ये मलाई गोल्डस्टारको हरियाे र खैराे रङ्गको खेल जुत्ता मन पर्‍याे । जुत्ता किनेर फर्किदाखेरि बाटाेमा झमझम पानी पर्‍याे । पानी धेरै परेकाेले हामी एकछिन शङ्खपार्कमा बस्यौँ । घर पुगेपछि  मेरो नयाँ जुत्ता सबैलाई देखाएँ । सबैलाई राम्रो लाग्यो । म मेराे नयाँ जुत्ता सोमबार विद्यालयमा खेल्दा लगाएँ । मैले नयाँ जुत्ता लगाएर फुटबल खेल्दा जितेँ । मेरो नयाँ जुत्ताले मलाई खुसी बनाएकाे छ । मलाई नयाँ खेल जुत्ता धेरै राम्रो लाग्छ ।


Read More
इस्ट्रबेरी
- Aarju Thapa - 33051, Grade II ... 19 September, 2023

इस्ट्रबेरी रसिलाे र मिठाे फल हाे । याे फल खाँदा हामीलाई धेरै फाइदा हुन्छ । इस्ट्रबेरीलाई वसन्त बाली मानिन्छ तर यो गर्मीमा र शरद ऋतुमा  पनि फल्ने गर्छ । यसका लागि राम्रो बिरुवा छानेर रोप्नुपर्छ । यस बिरुवाको राेप्नका लागि बलौटे माटो चाहिन्छ । यसलाई पानी पनि राम्रोसँग निकास हुने ठाउँ चाहिन्छ । सूर्यको प्रकाश पूर्णरूपमा चाहिन्छ । यसको बिरुवा रोप्दा ५/६ इन्च गहिरो खाडल बनाएर त्यसको जरा पूरै छोपिने गरी बिरुवा रोप्नुपर्छ र माटो मज्जाले मिलाउनुपर्छ । समय समयमा पानी हाल्नुपर्छ । केही महिनापछि फूलहरू फुल्छन् र त्यसपछि फल फल्न थाल्छन् अनि यो खानको लागि तयार हुन्छ । 


Read More