Logo

Student Corner

सिफल नाइट

Written by: Shaswat Poudel - 33036, Grade III

Posted on: 29 September, 2023

हाम्रो विद्यालयमा साउन १९ गते कक्षा ३ र ४ का विद्यार्थीहरूकाे सिफल नाइटमा कार्यक्रम सम्पन्न भएको थियो । हामीहरू डियरवाक कम्प्लेक्समा गएर सगरमाथा हलमा कार्यक्रम गरेका थियौँ । हाम्रो परिवारलाई पनि कार्यक्रममा बोलाइएको थियो । त्यस कार्यक्रममा हामी कक्षा ३ नीलगिरिले ‘कटन आइस’ भन्ने अङ्ग्रेजी गीतमा नाचेका र सिमसिमे पानी भन्ने गीत गाएका थियौँ । त्यस कार्यक्रम जित र हारको कार्यक्रम थिएन । सिफल नाइटमा हामीले विद्यालयमा जे सिकेका छौँ त्यही नै देखाउने हो । कक्षा ३ र ४ का विद्यार्थीहरूले नृत्य, सङ्गीत, नाटक, चित्रकला, आइ.टि.एफ, कवितावाचन, चुटकिला आदि जस्ता विभिन्न कार्यक्रममा भाग लिएका थिए । मैले यसपटक सामूहिक नृत्य र गीतमा मात्र भाग लिएको थिएँ र अर्कोपटक सिफल नाइटमा फेरि धेरै कार्यक्रममा भाग लिने प्रयास गर्नेछु । यसका लागि मलाई गुरुहरूले सहयोग गर्नुहुन्छ भन्ने आशा लिएको छु । मेरो परिवारले पनि उक्त कार्यक्रम रमाइलो मान्नुभयो । मलाई सबैभन्दा मन परेको कार्यक्रम हाम्रै कक्षाको सामूहिक नृत्य थियो । हाम्रा सबै गुरुहरूको सहयोग र हाम्रो मिहिनेतले गर्दा नै सिफल नाइट सफल भएकाे थियाे ।