Logo

Student Corner

गाई

Written by: Bishakha Upadhyay - 2029012, Grade III

Posted on: 01 November, 2020

गाई  नेपालको राष्ट्रिय जनावर हो । गाईले घाँस, पराल, कुँडो आदि खान्छ । कुनै गाई  ठूला हुन्छन् । कुनै गाई साना हुन्छन् । कुनै गाई  काला हुन्छन् । कुनै गाई सेता रङका हुन्छन् । गाईले दूध दिन्छ । गाईले गाेबर पनि दिन्छ । गोबर  खेतबारीमा हाल्दा खेतबारी मलिलो हुन्छ र धेरै अन्न सागपात फल्छ । गाईकाे  दूधबाट दही, मही, पनिर आदि बनाउन सकिन्छ । गाईका बच्चालाई बाछाबाछी पनि भनिन्छ । गाईको दूध धेरै मिठाे र पोषिलो हुन्छ । गाईको दूध बालबच्चा र बुढाबुढीले खाएमा शक्ति प्राप्त गर्न सकिन्छ ।