Logo

Student Corner

पानी 

Written by: Avi Thapa - 2029010, Grade III

Posted on: 18 October, 2020

 पानी सबैलाई चाहिन्छ । पानीकाे रङ हुँदैन, रूप पनि हुँदैन । पानी जस्तो भाँडामा राख्याे आकार पनि यस्तै हुन्छ । पानी बरफ, हिउँ आदि बन्छ । पानी लुगा धुन, भाँडा माझ्न, नुहाउनका लागि चाहिन्छ । बोट बिरुवालाई हाल्न पनि चाहिन्छ । पानी भएनभने बाेट बिरुवा सुकेर जान्छन् । पानी तातो भएपछि बाफ भएर आकाशमा पुग्छ अनि माथि गएर बादल बन्छ । बादल गह्राैँ भएर पानी पर्छ । पानी मानिसलाई चाहिन्छ । पानी जनावरलाई चाहिन्छ । पानी नभई कोही बाँच्न सक्दैनन् । हामीले पनि धेरै सफा पानी पिउँनुपर्छ । पानी धेरै पियाैँ भने निरोगी भइन्छ ।